आर्मीले गर्यो जवानको लिङ्ग परीवर्तन गराउन १० लाख डलर खर्च
१३ सेप्टेम्वर २०१७, सिड्नी- सुन्दा अप्तयारीलो लाग्न सक्छ तर यस्तै घटना भएको छ । आफ्ना आर्मी जवानहरुको लिङ्ग परीवर्तन गर्नका लागी अष्ट्रेलियन आर्मीले १० लाख अष्ट्रेलियन डलर खर्च गरेको छ । गएको साढे चार वर्षमा अष्ट्रेलियन आर्मीका २७ जवानहरुको लिङ्गसम्वन्धी उपचार गराएको जसमा १७ जनाको लिङ्ग नै परीवर्तन गरिएको ‘द अष्ट्रेलियन’ ले लेखेको छ । यसरी लिङ्ग परीवर्तन गर्ने १० जना पुरुष (बाट महिला) रहेका छन् ।
रक्षा मन्त्रालयले अष्ट्रेलियन डलर १०, ५२, ३३० लिङ्ग परीवर्तनको अपरेसन गर्नमा मात्र खर्चिएको हो । यसरी लिङ्ग परीवर्तन गर्ने हरुले आर्मी ब्यारेक भित्र डिसेवल ट्वाईलेट लगायतका छुट्टै सुविधा प्रयोग गर्न पाउछन् । केही महिनाअघि पहिलो तेस्रो लिङ्गीले अष्ट्रेलियन आर्मीमा प्रवेश पाएपछि यस्तो तथ्य बाहिर आएको हो ।
Leave a Reply