बढ्दैछ जनप्रतिनिधि र कर्मचारीबीच विवाद
स्थानीय तहमा निर्णय प्रकृया, खर्च गर्ने कार्यविधि र कार्यालय सञ्चालनसम्बन्धी विषयमा जनप्रतिनिधि तथा कर्मचारीबीच विवाद बढ्न थालेको छ । स्थानीय तह सञ्चालनसम्बन्धी दुवै पक्षमा अन्योल रहँदा त्यस्तो समस्या देखिएको सामान्य प्रशासन मन्त्रालयले निष्कर्ष निकालेको छ ।
स्थानीय तहमा कर्मचारीतन्त्र र जनप्रतिनिधिबीच थप तिक्तता बढ्न नदिन र दैनिक कार्यालय सञ्चालनमा सहजता ल्याउन सामान्य प्रशासन मन्त्रालयले दुवै पक्षलाई राखेर छलफल गर्न थालेको छ ।
मन्त्रालयले स्थानीय तहमा सुशासन कायम राख्ने उद्देश्यले पहिलो चरणमा बाँके, बर्दिया र कैलालीका जनप्रतिनिधि एवं कर्मचारीलाई तालिम बुधबारदेखि मन्त्रालयले बाँके र बर्दियाका जनप्रतिनिधि तथा कर्मचारीलाई तीन दिने तालिम सुरु गरेको छ । कैलालीमा भने २९ असोजदेखि तालिम सुरु हुनेछ ।
‘खर्च कार्यविधि र निर्णय प्रक्रियामा कर्मचारी र जनप्रतिनिधिबीच कतिपय स्थानीय तहमा विवाद देखिन थालेको छ । त्यस्तो समस्यालाई विकराल बन्न नदिन र दैनिक कार्यालय सञ्चालनलाई सहज बनाउन नमुना तालिम दिन लागिएको हो,’ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले भने ।’
केही स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीच विवाद चर्किसकेको गुनासो आएपछि त्यसलाई रोक्न र दैनिक कार्यालय सञ्चालनमा सहजता ल्याउन तालिम सञ्चालन गरिएको न्यौपानेले बताए । नयाँ पत्रिकाबाट
Leave a Reply