अन्तराष्ट्रिय विद्यार्थीका लागी कठिन बन्दै अष्ट्रेलिया, भाषामा कडाई
१२ अक्टोवर २०१७, तास्मानिया- अईएलटिइस, पिटिइ लगायतका अंग्रेजी भाषा परीक्षामा अष्ट्रेलियन युनिभरसिटि, क्यामपसहरुका मापदण्ड बमोजीम अंक नल्याएका अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागी निकै दुखको खवर सार्वजनिक भएको छ । आगामी बर्षदेखी अईएलटिइस, पिटिइ लगायतका अंग्रेजी भाषा दक्षता परीक्षामा आवश्यक अंक हासिल गर्न नसकि चाहेको कोर्षअधि अंग्रेजी भाषा अध्ययनका लागी अष्ट्रेलिया आउने विद्यार्थीले अंग्रेजी भाषा अध्ययनपछी परीक्षा दिनुपर्ने व्यवस्था गर्ने तयारी गरेको छ । हालसम्म यसरी भाषा अध्ययन गर्ने विद्यार्थीले भाषा अध्ययनपछी सम्बन्धित विषयमा सिधै भर्ना हुन पाउने प्रवधान रहेको थियो ।
तास्मानियाको होवर्टमा आयोजीत एक कार्यक्रममा शिक्षामन्त्रि सिमोन वर्मिङ्गमले यसको खुलासा गरेका छन । ‘अन्तराष्ट्रिय विद्यार्थीको शिक्षाको गुणस्तरलाई मध्ययस्जर गर्दै यस्तो परीवर्तन गर्न लागिएको हो ।’ उनले भने ।
पछिल्लो समयमा नेपालबाट पनि यसरी सम्बन्धित बिषयपुर्व भाषा अध्ययनका लागी प्रसस्त विद्यार्थी अउने गरेका छन । परिवर्तित नियमका कारण नेपाली विद्यार्थीहरुपनि प्रभावित हुने प्रस्ट छ । तसर्थ विदेश आउने सोच हुने विद्यार्थीले समयदेखीने अंग्रेजी भाषाको स्तरोन्नतीमा ध्यान दिनुपर्ने परामर्षादाताहरु बताउछन ।
Leave a Reply