एडिलेड नेपालको तीज मेलामा प्रवेश निशुल्क, पुरस्कारपनि जित्न सकिने

चर्चित नायीका बर्षा राउत मुख्य आकर्षण

१९ जुलाई २०१७, एडिलेड- नेपाली नारीहरु को महान चाड हरितालिका तीजको अवशरमा  एडिलेड नेपालको आयोजनामा पहिलो पटक  हुन गइरहेको “तीज मेला २०१७” मा प्रवेश निशुल्क हुने भएको छ । कार्यक्रमलाई E planet शैक्षिक परामर्ष केन्द्र एडिलेडले मुख्य प्रायोजन गरेको छ । कार्यक्रममा गायकहरु देवी घरती, खुमन अधिकारि र रमिला न्यौपानेको बेजोड प्रस्तुति रहने छ भने  चर्चित नायिका बर्षा राउत प्रमुख आकर्षणका रुपमा रहनेछिन । कार्यक्रममा स्थानिय कलाकाहरुले पनि आकर्षक प्रस्तुतिमार्फत मनोरञ्जन गराउने छन ।

कार्यक्रम  ३० जुलाई आइतवारका दिन  गुडउड कम्युनिटी सेन्टरको हलमा अपराह्न ३ बजेबाट आयोजना हुनेछ ।  कार्यक्रममा विभिन्न  खानाका सटलहरु, नेपाली सर-सामान र कपडाका स्टलहरुपनि रहने आयोजक एडिलेड नेपालले बताएको छ । यसका साथै आगन्तुक चेलीहरुले  मेहेन्दी तथा फेस पेन्टिङलगायतका अन्य स्टकलरुपनि रहने बुझिएको छ ।  

कार्यक्रमस्थलमा साउन महिनाका देवता भगवान शिव को पूजा-आराधनाको लागी  मन्दिरको व्यवस्थापनि गरिने एडिलेड नेपालका गोकुल ढकालले बताए । कार्यक्रममा वालवालिकाहरुको मनोरञ्जनको निमित्त निशुल्क Bouncy Castle ब्यवस्था रहनेछ भने कार्यक्रमस्थलमा रहने Eplanet  को स्टलमा आफ्नो नाम दर्ता गराएर Eplanet ले गर्ने Lucky Draw मा सामेल भइ आकर्षक पुरस्कारको दावेदार हुने अवशरपनि प्राप्त हुनेछ । प्रवेश निशुल्क रहेपनि भित्र रहने स्टलहरुमा खाना तथा सामानहरु खरिद गर्दा र मेहन्दि तथा फेस पेन्टिङ गर्दा  भने शुल्क लाग्ने छ । 

Leave a Reply