एनआरएनएले काम गर्न नसकेको भन्दै गरे अभिमानसिंहले उम्मेद्वारी घोषणा
८ मे २०१७, सिड्नी- गैर आवाशिय नेपाली संघ राज्य समिति क्विन्सल्याण्ड संयोजक अभिमानसिंह बस्नेतले आगामी कार्यकालका लागी गैर आवाशिय नेपाली संघ अष्ट्रेलियाको उम्मेद्वारी घोषणा गरेका छन् ।
म सम्पूर्ण सदस्य महानुभावहरु माझ एनआएनए अष्ट्रेलियाको अध्यक्ष पद (सन् २०१७–२०१९) को लागि आफ्नो उम्मेदवारी सगर्व घोषणा गर्दछु । मलाई थाहा छ, हामीसंग अझै झण्डै २ महिनाको अवधि बाँकी छ र यो हतार जस्तो पनि देखिन्छ । झण्डै ९ हजारको सख्यामा रहेका हाम्रा सदस्यहरुका विच आफ्नो एजेन्डालाई छलफल गराउनु र उनीहरुबाट उठेका प्रश्नको जवाफ दिनु र सवैको सुझावलाई मनन गर्दै कार्यनीति वनाएर अघि बढ्नुपर्ने भएकोले सायदै यो हतारको विषय पनि मान्न नमिल्ला ।
अध्यक्षको पद आफैंमा ज्यादै महत्वपूर्ण र गौरबशाली पद हो । अतः समुदायका सदस्यहरुसंगको छलफललाई जति घनीभूत बनाउन सकियो, त्यसको प्रतिफल समेत सकारात्मक आउने कुरामा मलाई आशा छ । जुन एनआरएनएको विकासका लागि लागू गर्न सकियोस् । बिगतमा मैले निभाएको एससीसी कोअर्डिनेटरको २ वर्षको कार्यकालमा हाम्रा कयौं एजेन्डाहरुलाई हामीले समाधान गरेका छौं । आगामि कार्यकालका लागि मैले केही थप नयाँ एजेन्डाहरु समेत अगाडि सारेको छु ।
ती मध्ये केही महत्वपूर्ण एजेन्डा निम्न छन :–
सामूहिक लगानी को बाताबरण बनाउन पहल गर्ने |
आप्रवासी विद्यार्थीहरुका लागि सूचना केन्द्रको स्थापना |
दोहोरो नागरिकता को पूर्ण कार्यनब्ययन को लागि पहल गर्ने |
सम्भब भएसम्मको स्थानमा नेपालि सामुदायिक भवनको निर्माणको लागि पहल गर्ने |
कल्याणकारी कोष को क्षमता वृद्धि गर्ने |
एनआरएनए अष्ट्रेलियाको कम्तिमा २० हजार सदस्यताको लक्ष्य ।
घोषणापत्रमा भनिएको छ । एनआरएनएले अष्ट्रेलियाका नेपालीहरुको सामुहिक लगानीको नेपालमा वातावरण बनाउन नसक्नुमा तीब्र हसन्तुष्टि जनाउदै उम्मेद्वारी घोषणा गरेका हुन । एकल लगानी गर्न सक्ने क्षमताका नगन्यमात्र नेपालीहरु रहेकाले सामुहिक लगानीको घारणा आफुले अघि सारेको उनले प्रष्ट पारेका छन । सामुहिक लगानीको अबधारणालाई साकार पार्न सकिए अष्ट्रेलिया बस्ने नेपालीहरुबाट एकै पटकमा ८ अर्बभन्दा बढी लगानी गर्न सकिने उनको बुझाइ रहेको छ । बस्नेत ब्यावसायको हिसाबले मोर्टगेज ब्रोकर हुन ।
एनआरएनएले अष्ट्रेलियाको संयोजक पदका लागी यसअघि टोनु घोताने र स्वतन्त्रप्रताप शाहले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
Leave a Reply