प्रहरीमा २६ सय ७८ नंया जागीर

Members of the Nepal Police take part in a parade to mark "Loktantra Diwas" or Democracy Day celebrations in Kathmandu April 24, 2011. Nepal is celebrating the fifth anniversary of the reinstatement of democracy in the country, when former monarch King Gyanendra gave up absolute power following widespread protests. REUTERS/Navesh Chitrakar (NEPAL - Tags: ANNIVERSARY POLITICS)

२ फेब्रुवरी २०१७, काठमाण्डौ- प्रहरी प्रधान कार्यालयले २६ सय ७८ पदका लागि भर्ना आह्वान गरेको छ । कार्यालयले प्राविधिकतर्फ एक हजार ३३ र जनपदतर्फ १६ सय ४५ जना प्रहरी जवान माग गरेको हो ।

प्रविधिक समूहअन्तर्गत मेकानिकल इन्जिनियर तथा सवारी, मेकानिकल विपद व्यवस्थापन, स्वास्थ्य, सञ्चार र संगीतका लागि योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन आहृवान गरिएको छ ।

 

त्यस्तै आवास तथा भौतिक इन्जिनियरिङ, सूचना प्रविधि, कुकुर स्कुल, विधि विज्ञान र हातहतियारसम्बन्धी प्राविधिकका लागि पनि दरखास्त आहृवान गरिएको छ ।

सबैभन्दा धेरै सञ्चार प्राविधिकका लागि ७ सय १८ जनाका लागि र सबैभन्दा कम हातहतियार प्राविधिक ५ पदका लागि दरखास्त माग गरिएको छ ।

सूचनाका अनुसार फागुन १ गतेदेखि ३० गतेसम्म दरखास्त दिन सकिनेछ ।

त्यस्तै जनपद समूहतर्फ १६ सय ४५ जना नयाँ प्रहरी भर्नाका लागि पनि आवेदन माग गरिएको छ ।

Leave a Reply