सबिन राईले एडिलेड नचाउदै

आफ्नो ब्याण्डको साथमा आउदै

sabin-rai३१ जनवरी २०१७, एडिलेड- साउथ अष्ट्रेलियाको एडिलेडमा नेपालका ख्यातिप्राप्त पप गायक सविन राईले आफ्नो प्रस्तुति दिन आउने भएका छन । नेपाली युवाहरुको समुह ‘इक्लिप्स ईभेन्टस् एन्ड ईन्टरटेन्मेन्ट’ को आयोजनामा हुन लागेको कार्यक्रममा सविन प्रस्तुति दिनका लागी आउन लागेका हुन् । ‘गुराँसको फेदमुनि……’, ”कोमल त्यो तिम्रो…..’ जस्ता अत्यन्त रुचाइएका गीतहरु दिइसकेका राई नेपालका ब्रायन एडम्सको रुपमा चिनिन्छन । ७० को दशकमा जन्मिएका राईले हङकङ, बेलायत, अमेरीका, भारत लगायतका देशहरुमा आफ्ना प्रस्तुति दिईसकेका छन । उनी अष्ट्रेलिया आउन लागेको भने यो पहिलो पटक हो । दुई दशकभन्दा लामो समयदेखी नेपाली सांगीतिक क्षेत्रमा रहेका  उनका करीब आधा दर्जन एल्बमहरु अाइसकेका छन ।

कार्यक्रममा राईको आफ्नो ब्याण्ड ‘The Pharaoh ” को साथमा प्रस्तुति रहने छ ।  कार्यक्रम City मा अवस्थित Dom Polski Hall मा हुने बताईएको छ । ६ फेब्रुअरी २०१७ का लागी तय भएको उक्त कार्यक्रम साझ ७ बनेबाट शुरु हुने आयोजकहरुले बताएका छन । कार्यक्रममा टिकट दर भने अग्रिममा $25 र कार्यक्रमस्थलमा $30 रहेको छ । 

Leave a Reply