सञ्जय श्रेष्ठ र कर्मा ब्याण्डले एडिलेडमा गाँउदै

६ बर्षपछि कर्माको पुनर्आगमन

%e0%a4%b8%e0%a4%be%e0%a4%a8%e0%a4%9c%e0%a4%be%e0%a4%af३१ जनवरी २०१७, एडिलेड- नेपाली पप सँगीतको शुरुवातताका का निकै चर्चित गायक सञ्जय श्रेष्ठले एडिलेडमा आफ्नो प्रस्तुति दिने भएका छन् । ‘टाढा नजाइदेउ तिमी….’, ‘माँया मेरी माँया, हाम्रो मिलन कहिले हुन्छ…..’, जस्ता लोकप्रिय गीत दिएका गायक श्रेष्ठले १९९२ मा ‘Crossroads’ नामक ब्याण्ड बनाएर पप गीतलाई नेपाल भित्र्याए । जनकपुरमा जन्मिएका हुन श्रेष्ठ पश्चात्य सँगीतलाई नेपाली बाजागाजामा फ्युजन गराउने गायकका रुपमा पनि चिनिन्छन् । श्रेष्ठ सन् २०१३ को संविधान-सभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उमेद्वारीसमेत दिएर पराजित भएका थिए ।  उनी राजासंस्था नेपालका लागी अपरीहार्य भएको वकालत गरेर पछिल्लो समयमा चर्चित बनेका छन ।

karmaयसैगरी उक्त कार्यक्रममा ‘यानि माया, छुटिन गारो गारो गारो भो…..’, ‘कहा होला घर-बार, कहां होला गाउँ…..’  जस्ता चर्चित गीतहरु दिन सफल कर्मा ब्याण्डको समेत प्रस्तुति रहने छ । १९९२ मा शुरु भएको यो ब्याण्ड नेपालमा ‘रक म्युजिक’ भित्र्याउने ब्याण्ड हो भन्दा पनि फरक नपर्ला । एकबेला लोकप्रियता बटुलिसकेको कर्मा ब्याण्ड  छ बर्षको अन्तरालपछी गत बर्ष  पुन: पुर्ण सदस्यका साथ नेपाली साँगीतमा फर्किएको हो ।  ब्याण्डमा भोकलिष्ट सुरेन्द्रमान, पर्कुसनिष्ट प्रशान्त, लिड गिटारिष्ट बाशुदेव, ड्रमर अनिल शाक्य र बेसिष्ट मानक सिंह रहेका छन । २०१७ को अप्रिलदेखी अष्ट्रेलियाको १ महिने संगीतिक टुरमा रहेको यो ब्याण्डले अष्ट्रेलियाको सातै शहरमा आफ्नो प्रस्तुति दिदैछ । केही अघि ब्याण्डले कोरीया र हङकङमा आफ्नो प्रस्तुति दिएको थियो ।

एडिलेडमा ९ अप्रिलमा 68 North Terrace मा अवस्थित Fowlers live मा  कार्यक्रम हुन लागेको हो ।  Namaste Namaste को आयोजनामा हुन लागेको उक्त कार्यक्र्मको टिकट दर अग्रिममा $30 र कार्यक्रमस्थलमा  $35  रहेको छ ।

Leave a Reply