तीजमा झापाली समाज अष्ट्रेलियाको नि:शुल्क बस सेवा

JSA teej३० अगष्ट् २०१६, सिड्नी- नेपाली हिन्दु नारीहरुको महान चाड तीजको अवशरमा झापाली समाज अष्ट्रेलियाले मिन्टो ट्रेन स्टेसनबाट मिन्टो मन्दिरसम्म नि:शुल्क बसको प्रवन्ध गर्ने भएको छ । बसको प्रवन्ध तीजका दिन अर्थात ४ सेप्टेम्बरका दिन गर्न लागिएको हो ।

मिन्टोको मन्दिर नेपाली नारीहरुको लोकप्रिय मन्दिर हो र तीजको दिनमा यस मन्दिरमा नेपाली नारीहरुको घुइचो लाग्ने गर्दछ । मिन्टो रेलवे स्टेसनबाट मिन्टो स्थित शिव मन्दिर बीच करीब ४ किलोमिटरको दुरी रहेको छ । यसरी ४ किलोमिटरको दुरीमा ब्रतालु नारीहरुलाई हुनसक्ने असुबिधालाई ध्यानमा राख्दै बसको ब्यवस्था गरिएको झापाली समाजका कोषाध्यक्ष अजय राजबशींले बताए ।

यसैगरी गैरआवासीय नेपाली संघलेपनि तीजको अवशरमा निशुल्क बसको प्रवन्ध गर्ने बुझिएको छ ।

यसबारे थप जानकारीका लागी झापाली समाजका देहायका पदाधिकारीलाई सम्पर्क राख्न सकिने छ ।

दिपक चुडाल- ०४२३ ६६३ ५३८
आशोक उप्रेती- ०४१६ ६५४ २८८
अजय राजबशीं- ०४३० ६७४ ४७७

Leave a Reply