एडिलेडमा भब्य रुपमा मनाइयो भानु जयन्ति

Bhanu Jayanti१६ जुलाई २०१६, एडिलेड- एडिलेडमा १६ जुलाई २०१६ शनिवारका दिन भब्य रुपमा २०२ औ भानु जयन्ति मनाइएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को साउथ अष्ट्रेलिया च्याप्टरले एडिलेड नेपाली विद्यालयको साथमा यस बर्षको भानु जयान्ति मनाएको हो । कार्यक्रममा स्वागत मन्तब्य दिदै एडिलेड नेपाली विद्यालयकि प्रधानाध्यापक मञ्जु खड्काले गतवर्षपनि एडिलेड नेपाली विद्यालयले भानु जयन्तिको आयोजना गरेको भएपनि यसवर्ष अन्तराष्ट्रिय नेपाली कलाकार समाज साउथ अष्ट्रेलियाको साथ पाउदा थप उत्साहित भएको भन्दै कार्यक्रममा उपस्थितहरुलाई धन्यवाद दिएकि थिइन । यसैगरी बिशेष अतिथीका रुपमा कार्यवाहक राजदुत राजेन्द्र पाण्डेको विशेष प्रतिनिधिका रुपमा हिजो नेपाली दुतावास र नेपाली वाणिज्य दुतावासको संयुक्त आयोजनामा भएको ‘नेपालको पर्यटन प्रवर्दन’ कार्यक्रमलाई सम्बोधन गर्न आएका डिल्लिराम शर्माले एडिलेड सानो समुदाय भएरपनि नेपाली भाषाको प्रवर्दनका निमित्त नेपाली विद्यालयको स्थापना गर्न सफल भएको एवं नेपाली भाषा एवं संस्कृतिको संरक्षण तथा उत्थानमा अग्रणी भुमिका खेल्न सफल भएकोमा एडिलेडबासी नेपालीहरुको प्रशंसा गरेका थिए । नेपाली दुतावासको अधुनिकिकरणवारे जानकारी गराउदै शर्माले एडिलेडबासी नेपालीहरुको एकताको समेत सह्राना गरेका थिए ।

कार्यक्रममा इनास ग्लोवल महासचिब रामचन्द्र थापा, इनास अष्ट्रेलिया अध्यक्ष रामकृष्ण निरौला,  इनास अष्ट्रेलिया महासचिब संगीता बुढाथोकि, इनास साउथ अष्ट्रेलिया अध्यक्ष विकाश शर्मा पोखरेल, कलाकार नानु शंकरलगायतले गीत प्रस्तुत गरेका थिए । यसैगरी कबिता आचार्य, आर्षा भट्टराइ, कथा आचार्य, क्षेदा लामा, इन्दिरा पौडेल, बिप्लव भन्डारी, सुरेन रेग्मी, दया पराजुली, आकृती बुढाथोकि, सफल देबकोटा,  मिलन दाहाल लगायतले कबिता वाचन गरेका थिए ।

यसका साथै एडिलेड नेपाली विद्यालयका वालवालिकाहरुका लागी भानुभक्तवारे बढी जानकारी गराउने उदेश्यले उनी सम्बन्धि हाजिरीजवाफ प्रतियोगीताको आयोजना गरिएको थियो । वालवालिकाहरुले अधिकांश प्रश्नहरुको सही जवाफ दिएका थिए । साउथ अष्ट्रेलियाका महा-बाणिज्यदुत दिपक धमला प्रमुख अतिथी रहेको उक्त कार्यक्रमको पुर्वार्दको संचालन इनास साउथ अष्ट्रेलियाका सचिव  मिलन दाहालले गरेका थिए भने उत्तरार्दमा महासचिव दया पराजुलीले गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरिरहेका इनास साउथ अष्ट्रेलियाका अध्यक्ष विकाश शर्मा पोखरेलले कार्यक्रमको उदेश्यवारे प्रकाश पार्दै भावि सन्ततिका लागी नेपाली भाषा तथा संस्कृतिको संरक्षण गर्नुपर्ने नत्र भावि पुस्ताले हामीलाई धिक्कार्ने बताउदै कार्यक्रम समापनको घोषणा गरेका थिए । कार्यक्रमा इनास साउथ अष्ट्रेलियाले नेपाली नंया वर्षको उपलक्षमा आयोजना गरेको ‘Musical Night 2073’ मा प्रस्तुति दिने स्थानिय कलाकारहरु एवं भानु जयन्तिका अवशरमा प्रस्तुति दिने कलाकार, कवि तथा कवयित्रीहरुलाई प्रशंसा पत्र प्रदानसमेत गरिएको थियो ।

Leave a Reply