अन्तराष्ट्रिय नेपाली कलाकार समाज- एडिलेडले भानु जयन्ति मनाउदै
२ जुलाई २०१६, एडिलेड- अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को साउथ अष्ट्रेलिया च्याप्टरले एडिलेड नेपाली विद्यालयको साथमा यस बर्षको भानु जयान्ति मनाउने भएको छ । कार्यक्रम १६ जुलाई २०१६, शनिवार बिहान ११ बजे पार्क १-३७ Pildappa Avenue, Park Holme SA 5043 मा अवस्थित Ascot Park Primary School मा हुदैछ । कार्यक्रममा कविता बाचन तथा सँगीतिक कार्यकमहरु रहने इनास-साउथ अष्ट्रेलियाले बताएको छ । यसका साथै इनास साउथ अष्ट्रेलियाले गत नेपाली नयाँ वर्षको उपलक्षमा आयोजना गरेको New Year Musical Night 2073 मा प्रस्तुति दिने स्थानिय नेपाली कलाकारहरुलाई प्रशंसापत्र प्रदान गर्ने कार्यक्रमपनि रहने छ । इनास अष्ट्रेलियाले प्रकाशन गर्ने भनेको ‘प्रवासका अक्षरहरु’ नामको साहित्यिक कृति प्रकाशनको घोषणा पनि गरिने पनि बताइएको छ । इनास अष्ट्रेलियाले बिगतमा नै उक्त पुस्तक प्रकाशन गर्ने भनेको भएको भएपनि त्यहि समयमा नेपालमा गएको भुकम्पका कारण कार्यक्रम स्थागीत भएको थियो ।
धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते जन्मिएका भानुभक्तले बाल्मिकिद्वारा संस्कृतमा लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गरेर प्रशिद्दि कमाएका थिए । १९५ वर्षअघि उदाएका नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे।
नेपाली जगतमा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन्।
नेपाली भाषाको उत्थानमा लगाएको गुनका कारण नेपाली भाषीहरुले उनको जन्मदिनलाई भानु जयन्तिका रुपमा धुमधामसँग मनाउने गरेका छन् ।
Leave a Reply