प्रम ओलीको घोषणा अनुसार इमाडोलबाट ग्यास निकाल्ने काम शुरु

leaders nepal२२ मे २०१६, काठमाण्डौ- नेपालका वर्तमान प्रधानमन्त्रीले गरेका घोषण अनुरुप छोटो समयमा नै एकपछी अर्को गर्दै कामहरु शुरु हुन थालेका छन । केहि साता अघि ‘तुइन’ विस्थापनको समाचार आएको थियो भने आजको दृष्टि साप्ताहिकले इमाडोलबाट ग्यास निकेल्ने कार्य शुरु भएको समाचार छापेको छ । दृष्टिले अगाडि भनेको छ, सरकारले ललितपुरको इमाडोल र पचलीमा ग्यास निकालेर घर घरमा पुर्‍याउने तयारी गरीसकेको छ ।

उद्योगमन्त्री सोम पाण्डेले उज्यालो अनलाईनलाई बताए, नेपाललाई १० वटा ब्लकमा विभाजन गरेर ३५ वर्ष अघि नै पेट्रोलिय पदार्थको सम्भाव्यता बारे अध्ययन सुरु भएको थियो । त्यसबेला अमेरिकी टोलीले नेपालमा पेट्रोलिय पदार्थको सम्भावना भएको प्रारम्भिक निचोड निकाले पनि अध्ययन अनुसन्धानको काम अघि बढ्न सकेको थिएन । मैले मन्त्रालयको जिम्मेवारी लिएपछि खानीको अध्ययन तथा अनुसन्धान गर्न अन्तारष्ट्रिय रुपमा आह्वान गरेअनुुसार चीन सरकारले चासो देखायो । अरु मोडेलमा भन्दा सरकार–सरकारबिच सहमति गरेर काम गर्ने निचोडमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबिच खानीको अध्ययन तथा उत्खनन्का गर्ने सहमति भयो । सहमतिअनुसार गएको मे १ तारिखमा चिनियाँ अनुसन्धान टोली नेपाल आयो । चिनियाँ टोलीले पहिलो चरणमा तीन ठाउँको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्नेगरी काम थालेको छ । टोलीले खानी तथा भूगर्व विभागले तयार पारेको प्रतिवेदनका आधारमा मोरङ, दैलेख र लुम्बिनी पहिलो चरणमा अध्ययन गर्नेछ । दैलेखको स्थलगत अध्ययनपछि अनुसन्धान टोली मंगलबारबाट मोरङको बाहुनीमा अध्ययन थालेको छ । प्राविधिक टोलिले दिएको जानकारीअनुसार बाहुनीमा पेट्रोलिय पदार्थको ठूलो भण्डारणको सम्भावना देखिएको छ । त्यहाँबाट व्यवसायीक रुमपै निकाल्न सकिने उनीहरुको भनाई छ । त्यसबाट हामी उत्साहित छौं । बाहुनीपछि लुम्बिनमा अध्ययन थालिनेछ । तीन वर्षभित्र विस्तृत अध्ययन नै सकेर व्यवसायीक हिसाबले पट्रोलिय पदार्थ निकाल्न सकिने जानकारी सम्भावना रहेको टोलीले मलाई बताएको छ । हामीले पनि सरकारका तर्फबाट त्यसलाई अघि बढाउन प्रतिबद्धता जाहेर गरिसकेका छौं । त्यसका लागि चाहिने आर्थिक जोहो गर्न मैले प्रधानमन्त्री र अर्थमन्त्रीसँग पनि कुरा गरेको छु, उहाँहरु त्यसका लागि सकारात्मक हुनुहुन्छ । दैलेख र मनाङमा मिथेन ग्यास खानी रहेको लगभग निश्चित भइसकेको छ । त्यसलाई सिलिण्डरमा भरेर एक ठाउँबाट अर्को लैजान सकिन्छ । तर, काठमडौंभित्र ठूलो परिणाममा ग्यासको भण्डारण रहेपनि त्यसलाई सिलिण्डरमा भर्न नसकिने भएकाले प्रधानमन्त्रीले भने जस्तै पाइपबाट घर घरमा पुर्‍याउने गरी काम थालेका छौं । विश्वका धेरै देशमा पाइबाटै ग्यासमा विरण भएको छ । चीनमा त चार हजार किलोमिटरको दूरीबाट पाइपमा ग्यास ल्याएर प्रयोग गरिएको छ । जाइकाले २५ वर्षअघि गरेको अध्ययन अनुसार काठमाडौं उपत्यकामा ७२ ठाउँबाट ग्यास निकाल्न सकिन्छ । उपत्यकामा ३१ करोड घनमिटर ग्यास रहेको जाइकाको प्रतिवेदनमा उल्लेख छ । तर, काठमाडौंमा खनिएका गहिरा इनार, ट्युवेल, बोरिङबाट पनि खेर गइरहेको प्राविधिकहरुले बताएका छन् । जुन ग्यासले ० दशमलव ७५ घनमिटरका दरले २० हजार परिवारले ५० वर्षसम्म प्रयोग गर्न सक्छन् । ग्यास निकाल्नको लागि इमाडोल र पचलीमा काम सुरु भएको छ ।

यसरी ओलीका घोषणहरु एकपछि अर्को कार्यान्वयन हुदै जादा उनका समर्थक तथा देशप्रेमीहरु उत्साहित हुन थालेका छन भने बिरोधी तथा नेपालको भलो नचाहानेहरु सकसकाउन थालेका छन । जे भएपनि ओलीका सपनाहरु पुरा हुनुमा नेपाल र नेपालीमात्रको भलो छ । तसर्थ उनलाई उडाउनुको साटो चाडै सबै मिलेर देशविकाशमा लाग्नु नै सबैका लागी हितकर देखिन्छ । पछिल्लो समयमा ओलीलाई उडाउनेहरु पनि उनका समर्थक बन्न थालिसकेका छन ।

Leave a Reply