नेपालीको भनिएको आन्दोलनमा नारा लाउदै विदेशी

andolan1१६ मे २०१६, एडिलेड- मधेसी गठबन्दनको नेतृत्वमा भइरहेको आन्दोलनमा देखिएका केही दृष्यहरुले सर्वसाधारणलाई चकित पारेको छ । नेपालका पुर्वका झापा, मोरङ र सुनसरीलाई मधेस प्रदेशमा राख्नुपर्ने मुख्य माग राख्दै करीब पाँच महिना नाकाबन्दी गरेर थाकेका आन्दोनलनकारीहरुले वार-पारको आन्दोलन भन्दै काठमाण्डौ केन्द्रीत आन्दोलन गर्ने घोषणा गर्दै आइतवार सिंहदरवार धेराउको कार्यक्रम गरेका थिए । नाकाबन्दीका समयमा पनि केही मानिसहरु नाकामा बसेपछि भारतले सुरक्षाको कारण देखाउदै नेपालतर्फको आवागमन अवरोध गरेको थियो । त्यसलाई नेपाल सरकारले भारतले गरेको अघोषित नाकाबन्दी भनेको छ भने मघेसी जनताको नामबाट आन्दोलन गरिरहेका केही ब्याक्तिहरुले उक्त नाकाबन्दी आफुहरुले गरेको भारतीय संचारमाध्यमहरुलाई जानकारी गराएका थिए।

 नेता र तिनका केही कार्यकर्ताहरुमात्र आन्दोलनमा उपस्थित थिए भने जनसाधारणको उपस्थिति अति न्युन रहेको थियो । त्यसैबिच केही गोरा छाला भएका विदेसिहरुपनि टाउकोमा आन्दोलनकारीको फेटा लगाई चर्का नारा लगाइरहेको दृष्यपनि देखियो । उनीहरु कसरी र के का लागी आन्दोलनमा देखिए भन्ने प्रश्नको गहिराइ निकै गहन भएको बिश्लेषकहरुले बताएका छन । कति ले त गोरा छाला भएका कारण मात्र तिनीहरुको पहिचान हुनसकेको, तथाकथित आन्दोलनमा झट्ट पहिचान गर्न गाह्रो हुने बिदेशिहरुको संख्या ७५% भन्दा बढी रहेको बताए । नेपाल सरकारसँग केही अघिमात्र भएको वार्ताका समयमा प्रत्येक घण्टाजसो उनीहरुका मागहरु परीवर्तन भइरहनुले उनिहरुको आशय भनेको नेपालमा अस्थिरता पैदा गर्नुमात्र रहेको प्रस्ट भएको नेकपा एमालेका एक नेताले बताए ।

अष्ट्रेलियाको सिड्नीमा बस्ने झापाका तीर्थ खतिवडाले रातो फेटा लागाइ नेपालको शान्तिमा असर पुर्याउने पर्यटकहरुलाई अविलम्ब भिषा क्यान्सिल गरेर उनिहरुको देश फिर्ता पठाउनुपर्ने बताएका छन । फोटोमा आन्दोलन गर्दै रमाईरहेका विदेशीहरुप्रति उदृत गर्दै उनले थपे- “ के यी मनुवाहरुले बुझेर नै फेटा लगाएका हुन ? के यिनीहरुलाई थाहा छ, १ बर्षअघिको भुकम्प र पाँच महिनाबढीको नाकाबन्दीले तहसनहस भएर उठ्न नसकेको नेपालको अर्थब्यवस्था र घरवार बिहिन भएकाहरुको पुनस्थापना हुन नसकि आजसम्म त्रिपालमुनी बस्नुपरेको यथार्थ?” विदेशीहरुलाई यसरी दुरुपयोगलाई माटकको संज्ञा दिदै रहेका केही जायज मागहरु पनि पुरा हुन नसक्ने अवस्था बनाएकोमा मधेसी गठबन्दनको बौदिक स्तरप्रति उनले दुख पोखे ।

यसरी देखिने बिदेशी आन्दोनलकारी नेपाली विश्व साइकलयात्री पुष्कर शाहले “नेपालका नया आदिबासीहरु” को संज्ञा दिदै उनीहरुले नेपाल सरकारको विरुद्धमा बिरोध प्रदर्शन गर्दै गरेको भनेर ब्याग्य गरेका छन ।

यसैगरी भारतका लागी नेपाली पुर्ब राजदुत प्रा. डा. लोकराज बरालले नेपाल-भारत बिच रहेको खुला सिमानाको भरपुर फाईदा उठाउदै भारतले केही मधेसीहरुलाई हातमा लिएर नेपालमाथी हस्तक्षेप गरिरहेको बताएका छन । आइतवार रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यसअधि नै बरिष्ठ पत्रकार भरत दाहालले नेपाल-भारत बिचको खुल्ला सिमाना बन्द हुनुपर्ने बताएका छन् ।

Leave a Reply