सय वर्षपछि प्रमाणित भयो आइन्सटाइनको भविष्यवाणी

१२ फेब्रुवरी २०१६, एजेन्सी: एक शताब्दी पहिले अल्बर्ट आइन्स्टाइनले अन्तरिक्षबारेमा सय वर्षअघि गरेको भविष्यवाणी अहिले आएर सत्य सावित भएको छ । द साइन्सका अनुसार आइन्सटाइनले भविष्यवाणी गरेको अन्तरिक्षको गुरुत्वाकर्षणको लहरलाई वैज्ञानिकहरुले खोजेर निकालेका छन् ।

वैज्ञानिकहरुले बुधवार  यसको घोषणा गर्दै यो सफलताको खुसीलाई ग्यालिलियोद्वारा टेलिस्कोपबाट पहिलो पटक ग्रह हेरेकोसँग तुलना गरेका छन् । वैज्ञानिकहरुले यसलई खगोलशास्त्रको महत्वपूर्ण खोज भनेका छन् ।

ब्रह्मान्डमा हुने जबरदस्त टकरावबाट उत्पन्न हुने यी तरंगको खोजबाट खगोलविद धेरै खुसी छन् किन कि यसबाट ब्रह्मान्डलाई हेर्ने नयाँ दृष्टिबिन्दु मिलेको सिएनएनले जनाएको छ ।
वैज्ञानिकका अनुसार यो खोज फिल्मलाई आवाज दिनुजस्तै हो किन कि यी तरंग ब्रह्मान्डका आवाज हुन् ।
खोज टीममा सहभागी कोलम्बिया विश्वविद्यालयका एस्ट्रोफिजिसिस्ट स्जाबोल्क्स मार्काले भने, ‘अहिलेसम्म हाम्रो नजर केबल आकाशमा मात्रै थियो । तर हामीले त्यसको संगीत सुन्न सकेका थिएनौँ । अब आकाश पहिले जस्तो हुनेछैन ।’
शोधकर्ताले गरेको घोषणा अनुसार १.३ अर्ब वर्ष पहिले दुई ब्ल्याक होल ठोक्किएर उत्पन्न एक तरंग अन्तरिक्षको बाटोबाट १४ सेप्टेम्बर २०१५ मा पृथ्वीमा आइपुगेको छ। जटिल यन्त्रको प्रयोगबाट यो तरंगलाई वैज्ञानिकले पत्ता लगाएका हुन् ।
यस घटनाको पहिचान अमेरिकास्थित दुई भूमिगत डिटेक्टरले गरेका हुन् । यी डिटेक्टरलाई गुरुत्व तरंगबाट निस्कने अत्यन्त सानो कम्पन पनि पत्ता लगाउने गरी बनाइएको छ ।
यस परियोजनालाई लेसर इन्टरफेरोमिटर ग्र्याभिटेशनल ग्र्याभिटेशनल-वेब अब्जर्भेटरी या लिगोको नामबाट जान्न सकिन्छ । यो खोजमा मात्रै वैज्ञानिहरुले १.१ अरब डलर खर्च गरेका छन् ।
यस परियोजनालाई अमेरिकी नेशनल साइन्स फाउन्डेसनले लगानी गरेको थियो । यो फाउन्डेसनका निर्देशक फ्रान्स कोरडोवा भन्छन्, ‘लिगोले एस्ट्रोफिजिक्सको क्षेत्रमा पूर्णतया नयाँ क्षेत्रको शुरुवात गरेको छ।’
वैज्ञानिकहरुका अनुसार गुरुत्व तरंगको पहिलो झलक देखाउने मेशिन लिगो (लेजर इन्टरफोरोमिटर ग्र्याभिटेशनल वेव अब्जर्भेटरी) अहिलेसम्मकै सबैभन्दा अत्याधुनिक डिटेक्टर हो ।
वाल स्ट्रीट जर्नलका अनुसार अमेरिकामा यस किसिमका दुई भूमिगत डिटेक्टर स्थापना गरिएको छ। यी मध्ये एक वाशिङ्गटनको ह्यानफोर्ड र दोस्रो त्यहाँबाट तीन हजार किलोमिटर टाढा लुसियानामा रहेको छ।
यिनको निर्माण १९९९ मा शुरु भएको थियो । यी डिक्टेटरको सन् २००१ देखि सन् २००७ सम्म परीक्षण गरिएको थियो । त्यसपछि वैज्ञानिकले लिगोमा ठूलो परिवर्तन गर्दै यसलाई पहिले भन्दा १० गुनाबढी  शक्तिशाली बनाए।
यस एडभान्स मेशिनमा पहिलो पटक गत सेप्टेम्बरमा पूर्णरुपमा काम गरिएको थियो । आफ्नो खोजको कडीस्वरुप लुसियानास्थित डिटेक्टरले १४ सेप्टेम्बरमा गुरुत्व तरंगको पहिलो संकेत पक्डेको द टाइम्सले उल्लेख गरेको छ ।
वासिंगटनस्थित मेशिनले यिनै तरंगलाई ७.१ मिलीसेकेन्डपछि नोट गर्न भ्यायो । यसले वैज्ञानिकलाई आफ्नो खोज सत्य रहेको विश्वसा भयो । लिगो अंग्रेजीको अक्षर एल आकारको मेशिन हो । जसले लेजर लाइट तथा अन्तरिक्षको भौतिक प्रयो गरेर गुरुत्व तरंगलाई पत्ता लगाउँछ ।
टेलीस्कोप भन्दा अलग यो मेशिन प्रकाशमा आधारित छ । यसले अन्तरिक्षमा तरंगलाई महसुस गर्छ । लिगो डिटेक्टरमा दुई ठूला पाखुराजस्ता संरचना हुन्छन् जसमा अप्टिकल उपकरण लगाइएको हुन्छ ।
गुरुत्व तरंग अन्तरिक्षमा हुने दबाबको मापन हो । यो ठूलो द्रव्यमानको गतिको यस्तो प्रभाव हो जो अन्तरिक्ष समयको संरचनालाई स्पष्ट गर्छ । जुन अन्तरिक्ष र समयलाई एक रूपमा देखाउने तरिका हो । यो प्रकाशको गतिमा चल्छ र यसलाई रोक्न र अवरोध गर्न सम्भव छैन ।

 अन्नपुर्ण पोष्टबाट

Leave a Reply