अङ्गीकृत नागरिकताधारीलाई नेपालको सर्वोच्च पद कहिल्यै दिन हुँदैन
१८ जनावरी २०१६, दाङ्ग- नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले अङ्गीकृत नागरिकताधारीलाई नेपालको सर्वोच्च पद कदापि स्वीकार्य नहुने बताउनुभएको छ ।
तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले सबै देशको आफ्नै नियम हुनेहुँदा अङ्गीकृत नागरिकताधारीलाई मुलुकको संवैधानिक पद दिन सकिंदैन भन्नुभयो ।
मधेसी मोर्चाले राखेका ११ बुँदे मागमध्ये प्रमुख माग चारबुँदा मात्रै रहेको उल्लेख गर्दै उहाँले समानुपातिक समावेशीताका आधारमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
गुट उपगुटले पार्टी कमजोर भएको बताउँदै उहाँले १३औँ महाधिवेशनबाट ६० र ४० को गुटबन्दी अन्त्य हुने तथा राष्ट्रियतालाई मजबुत र लोकतन्त्रलाई सुदृढीकरण गर्ने नेतृत्व आउनुपर्ने उहाँको भनाइ रहेको छ ।
Leave a Reply