अख्तियारकै प्रहरीले व्यापारी अपहरण गरी फिरौती असुलेपछी
१८ जनावरी २०१६, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग र व्यवस्थापिका संसद् सचिवालयका २ प्रहरी व्यापारीलाई बन्धक बनाई फिरौती असुलेको अभियोगमा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी दरबन्दी भई अख्तियारमा कार्यरत नायव निरीक्षक (सई) रामहरि रिजाल र प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयबाट संसद् सचिवालयमा मर्यादापालकका रुपमा खटिएका सहायक निरीक्षक रमेश तिमिल्सिना अपहरण तथा शरीर बन्धक अभियोगमा पक्राउ परेका हुन् ।
अपहरणमा परेका व्यापारीका लेखापरीक्षक मुकेश शर्मा र प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके चरी भनिने दिदेश अधिकारीका सहयोगी कुलमान श्रेष्ठ पनि सोही अभियोगमा पक्राउ परेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।
Leave a Reply