भारतलाई हराउदै नेपालले उपाधी जित्यो
२९ अगस्ट २०१५, काठमाण्डौ- नेपालले पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
यससँगै नेपालले दुई दशक लामो उपाधिको खरेडी टारेको छ । नेपालले सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको थियो । त्यसयता नेपाली पुरुष टीमले कुनै पनि उपाधि जित्न सकेको थिएन ।
सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले ३१ औं मिनेटमा गोल गरेको थियो ।
कर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तेज तामाङले गोल गरेका हुन् । त्यसअघि अन्जनको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो ।
नेपालका नेता तथा कलाकारहरुले यो जीतको माहोललाई राष्ट्रिय एकता कायम गराउने सन्देशका रुमपा सामाजीक संजालहरुमा राखेका छन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लेखेका छन- “घर्तीमगर,तामाङ,गुरुङ,राजबंशी,महर्जन,सुबेदी,बल, बिष्ट,थापा आदि सबै मिलेर नेपाली टिम बन्यो,अनि त्यही टिमले उपाधि जित्यो।सबै मिले नहुने के छ र! ”
यसैगरी चर्चित कलाकार हरिबंश आरार्य लेख्छन, – आज गुरुङ, मगर, श्रेष्ठ , बिष्ट , रज्बन्शी , सुनार , रसैली ,बुधथोकी , लामा , सुबेदी , थापा , बाल, तामङ् सब्बै समुदये, जातजत्ती , भाषा मिलेर खेलेकोले साफ यू १९ च्याम्पियनसीपको उपाधि नेपालले जितेको छ। बधाई छ हामी सब्बै नेपालीलाई।
युवानेता विश्वप्रकाश सर्माले पानि सबै जातजाती मिले भारतलाई समेत परास्त गर्न सकिने खाले सन्देश आफ्नो फेसबुकमा लेखेका छन । मिलेर बासेका जातजातीलाई लड्न उक्साएर युद्दको खेल हेर्न बानी परेका नेताहरुको भने फेसबुक वालमा यसबारेमा कुनै सन्देश हालसम्म देखिएको छैन ।
Leave a Reply