कुमार घैंटे प्रकरणको न्यायिक छानविन गर्न अधिकारकर्मीको माग
काठमाडौं–अधिकारकर्मीले प्रहरीको इन्काउण्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ कुमार घैंटे प्रकरणको न्यायिक छानविन गर्न माग गरेका छन्।
‘प्रहरीले कानून हातमा लिन मिल्दैन । उसलाई हत्या गर्ने अधिकार कानूनले दिएको छैन,’ उनले भने,’ प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने हो । न्यायलयको स्थान प्रहरीले लिन पाउँदैन ।’त्रिपाठीले घैंटे प्रकरण फेक इन्काउण्टर भएको भनि आवाज उठेकोले यसको न्यायिक छानविन गरेर सत्य बाहिर ल्याउनु पर्ने भन्दै घैटेको शवको भिडियोग्राफीसहित दुई पटक पोष्टमार्टम गरिनु पर्नेमा जोड दिए ।
उनले भूकम्पको बेला स्वयं सेवामा लागेको बेला पक्राउ नगर्ने तर अहिले इन्टकाउन्टर गर्नुले पनि आशंका उत्पन्न भएको भन्दै प्रहरी प्रमुखले नै यसको छानविनमा सहयोग पुर्याउनु पर्ने बताए।अधिकारकर्मी चरण प्रसार्इंले निहत्थालाई गोली हान्न नपाइने भन्दै घटनाप्रति प्रश्न उठेकोले यसको निष्पक्ष छानविन हुनु पर्ने बताए ।
उनले मान्छे मरेको विषयमा बधाई दिएको समाचार आउनु गंभिर भएको भन्दै घटनाको सत्य तथ्य बाहिर आएको दिन प्रधानमन्त्री र गृहमन्त्री नै दोषी ठहर हुने धारणा राखे।प्रसाईले प्रहरीको अनुसन्धानले मात्रै नपुग्ने भएकोले राष्ट्रिय मानवअधिकार आयोगले नै छानविन गर्नु पर्ने बताए ।
कार्यक्रममा अधिकारकर्मी गोविन्द बन्दीले घैंटे प्रकरणमा प्रहरीले आवश्यक बल प्रयोग नगरी गोली हानेको घटना उल्लेख गर्दै भने,’कुमार प्रकरणमा मात्रै होइन देशका विभिन्न भागमा भइरहेको आन्दोलनको क्रममा पहिला घुडा भन्दा तल गोली हान्नु पर्नेमा छाती र टाउकोमा ताकेर गोली हानिएको छ,’ उनले भने,’ यसले आशंका उत्पन्न भएकोले यसको निष्पक्ष छानविन हुनु पर्छ ।’
Leave a Reply