कर्णाली आन्दोलन नियन्त्रण बाहिर, शीर्ष नेताको पुतला दहन
जुम्ला— स्वायत्त कर्णाली प्रदेशको माग गर्दै ६ दिनदेखि कर्णालीमा जारी आन्दोलनले केन्द्रको नियन्त्रण गुमाउँदै गएको छ।
संघीयता सीमाङ्कन वैज्ञानिक र व्यवहारिक नभई चार दलको शीर्ष नेतृत्वले मनोमानी ढंगले गरेको भन्दै जुम्लाका युवाले नेताहरुको फोटोमा बाँसको चौपल बनाई सामुहिक मलामी गएर जलाएका हुन्। कर्णाली आन्दोलनको छैटौं दिनसम्म पनि शीर्ष नेता कर्णालीको मागप्रति गम्भीर नभएको भन्दै उनीहरु अाक्रोसित देखिन्थे।
जिल्ला प्रहरी कार्यालय जुम्ला नजिकैका करेशावारीमा बनाइएको चौपलसँगै मलामी गएका आन्दोलनकारीले प्रशासन कार्यालय अगाडि शीर्ष नेतृत्वको पुतला सामुहिक रुपमा दाहसस्कार गरेका थिए। कर्णालीले अधिकार खोज्दा एमाले अध्यक्ष केपी ओली लगायतका नेताको त्यसविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनीहरुले राजधानी कब्जा गर्ने चेतावनी दिएका छन्।
नेपाल तरुणदल जुम्लाका अध्यक्ष लक्ष्मण शाहीका अनुसार विभिन्न दलमा विभाजित युवा दलहरुको केन्द्रीय स्वार्थभन्दा माथि उठेर आन्दोलनमा होमिएका छन्। जिल्ला स्थित दलका नेताहरुले कर्णाली आन्दोलनलाई शीर्ष नेतृत्वले हल्का ढंगले लिएको हुनाले स्थानीय युवा कर्णालीको अस्तित्व जोगाउन छुट्टै आन्दोलनको बाटो अघि सारेको उनको भनाइ छ।
युवाहरुको आन्दोलनमा महिला, वालवालिका, शिक्षक, कर्मचारी, जनजातीहरुले पनि साथ दिइएका छन ।
आन्दोलनको छैटौ दिन खलंगा बन्द, जनजीवन कष्टकर
संघीयतामा कर्णाली स्वायत्त प्रदेशको माग गर्दै एक सातादेखि थालेको आन्दोलनका कारण जुम्लाको जनजीवन कष्टकर बनेको छ। शुक्रबार बिहानैदेखि बन्द आह्वान गरिएकोे छ । वन्दका कारण यहाँका नागरिकले दैनिक उपभोग्य वस्तुको खरिदविक्रि गर्न पाईरहेका छैनन । उद्योग वाणिज्य संघ जुम्लाले पसल तथा दोकान खोल्न नपाईने गरि निर्देशन गरेपछि उपभोक्ताहरु मर्कामा परेका छन ।
यसअघि विहान ९ वजे सम्म पसल, दोकान र तरकारी मन्डी खोल्दै आएका यहाँका व्यवसायीहरुले विहानै देखि बन्द गरेका छन्। आन्दोलनकारी व्यापार व्यवसाय खोले तोडफोड गर्ने र त्यसको जिम्मेवार आफै हुनु पर्ने भनेपछि यहाँको बजा ठप्प भएको हो।
जुम्लाबाट चल्ने लामो तथा छोटो दुरीका यातायात सेवा सञ्चालनमा नआउदा यात्रुहरु अलपत्र परेका छन । हवाई सेवा छ दिनदेखि ठप्प छ । व्यवसायीका अनुसार बेच्न राखेको तरकारी कुहिएर काम नलाग्ने भएका छन्। किसानले बारीबाट टिपेका तरकारीजन्य वस्तु काम लाग्ने भएपछि खाल्डोमा पुर्नुपरेको गुनासो गरेका छन्।
Leave a Reply