गच्छादारले भने – “मधेशभन्दा मेरा लागि देश ठूलाे हो”

२९ जुलाई २०१५, काठमाडौं– मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले मधेशभन्दा आफ्नो लागि देश ठूलो भएको बताएका छन्।

‘मधेशभन्दा मेरो लागि देश ठूलो हो । प्रदेशभन्दा मेरो लागि राष्ट्र ठूलो हो,’ रिपोर्टर्स क्लबको ज्ञापन पत्र बुझ्दै नेता गच्छेदारले भने, ‘यसो भनिरहँदा मलाई केही मधेशबादी दलले मधेश विरोधी पनि भनिरहेका छन्। त्यसकाे कुनै तुक छैन।’ सम्पूर्ण नेपाली जनताकाे हितका लागि अाफूले काम गरिरहेकाे उनकाे भनाइ छ। कुनै पनि समुदाय र क्षेत्रलार्इ मात्रै लिएर राजनीति गर्न अाफूले नचाहेकाे गच्छदारले बताए।

गच्छदारले सीमाङ्कन र नामाङ्कनसहितको संविधान ल्याउनका लागि प्रमुख चार दलले प्रयास गरिरहेकाे जानकारी दिए।  ‘सीमाङकनसहितकाे सघीयताकाे टुङगाे स‌विधान जारी हुञ्जेलसम्म ल्याउने काेसिस भइरहेकाे छ,’ गच्छदारले भने ।

स‌घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई वार्ताका लागि आमन्त्रण गर्दा पनि उनीहरु नआएकोमा गच्छदारकाे गुनासाे थियाे। ‘स‌विधान बनाउने निर्णायक विन्दु्मा अाफ्ना कुरा नराख्ने र अान्दाेलन मात्र गरिरहनुकाे अर्थ के हाे ? उहाँहरु वार्तामा अाउनु पर्छ । छलफल गर्नु पर्छ,’ उनले भने।

मुलुकका २४० निर्वाचन क्षेत्र मध्ये १७–१८ वटा क्षेत्रमा विराेध भयाे भन्दैमा सारा नेपालीले विराेध गरेकाे अर्थमा बुभ्न नहुने उनले बताए। जनताले उत्साहजनक सहभागिता जनाए। साउनभित्रै स‌विधान अाउँछ।

Leave a Reply