३० दलीय मोर्चामा फुट

30-Party-meet२५ जेठ २०७२, काठमाडौं- एमाओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको ३० दलीय मोर्चा औपचारिकरुपमा फुटेको छ ।

मोर्चाको बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग सहमतिमा आफूले हस्ताक्षर गर्ने बताएपछि मोर्चामा विभाजन आएको हो ।

प्रचण्ड नेतृत्वको मोर्चाबाट अलग भएका दलहरुले सोमबार दिउँसो अलग्गै पत्रकार सम्मेलन गरेका छन् । ३० दलीय मोर्चाबाट हलग हुनेमा विजय गच्छदार बाहेकका मधेसी दल र जनजाति पार्टीहरु छन् । उनीहरुले अलग्गै पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

चार दलवीच कुनै सहमति भएमा त्यो ३० दलको नभई चार दलको मात्रै हुने असन्तुष्ट पक्षका नेताहरुले चेतावनी दिएका छन् ।

– See more at: http://www.onlinekhabar.com/2015/06/286043/#sthash.ly8bpXxw.dpuf

Leave a Reply