प्रतिष्ठाको ‘भिजन’: एडेलेडको बिदेशी समुदायमा बढ्दो नेपाली पहिचान
– मिलन दाहाल २५ मे २०१५, एडेलेड- भूकम्पले नेपालको जमीन कापिरहदा, नेपालभित्रका सारा नेपालीहरुको मुटु काँपीरहयो । उनीहरुले होस गुमाए, जीवनप्रतीको आशपनि । सबैजना एकएटक मृत्युसँग सक्षात्कार गरेर फर्किए र केही फर्किएनन् बरु एउटा नया र भूल्नै नसकिने सन्देस दिएर गए- “भूकम्पलाइ बास्ता नगरेर, सुझबुझबीना संसारको सबैभन्दा ज्यादा भूकम्पको जोखीम रहेको नेपालमा, अझ भनौ काठमाण्डौमा बिशेष अध्यायनबीना घर बनाउनु हुदै-हुदैन र दैवी बिपत्ती बाजा बजएर कहिल्यै आउदैन यसका लागी राज्य सधै तयारी हालतमा बस्नुपर्छ ।”
खैर हुने कुरा भएर नै छोड्छ हामीले मन बुझाउने कुरा न हो, यसो भएको भए यसो हुनथ्यो भनेर । एउटा जोखीमको शहर ६० लाखको हाराहरीमा मान्छे बस्ने काठमाणडौको यत्ति ठूलो भूकम्प जादा यति थोरैमात्र मान्छेहरुले ज्यान गुमाउनू हामीमाथी पाशुपतिनाथको कृपा कति धेरै छ, भन्ने कुराको एक प्रमाण पनि होला । नेपालले एउटा बिपत्तिमात्रको सामना गरेको छैन, नव-निर्माणको एक अवसरपनि प्राप्त गरेको छ । जन-विश्वास रत्तीभर नभएरैपनि ‘जनताकाो लागी राजनीति गर्छौ’ भन्नेहरुका लागि आफुहरुलाइ सबित गर्ने एउटा नया अन्तिम अबसरपनि हो ।
नेपालको भूकम्पमा सबैभन्दा ज्यदा प्रवासी नेपालीको मुटु चिरीयो । यसलाई शव्दले मात्र होइन कर्मले नै प्रमाणित गरिदिए अष्ट्रेलियाका नेपाली मुलका धनाड्य शेष घले र अन्य नामले त्यति धेरै अपरीचित तर नेपाल र नेपालीका लागी जीवन समर्पण गर्नपनि पछी नहट्ने ‘देश गुमाएकाहरुले’ । एडेलेडमैपनि नेपालीहरुले धेरै गरे । आफ्नो ब्याक्तिगत प्रयासले, समुहीक रुपमा र नचाहेरै पनि एनआरएन साउथ अष्ट्रेलियाको माध्यमबाट । नेपालीहरुको मन धेरै भावुक थियो भूकम्पका बेला र एकपटक त सवै प्रबासी, नेपाल र नेपालीका लागी यतिसम्म भबुक बने कि पर्योभने आफुले दुख गरेको सर्बश्व समर्पण गर्न पनि तयार भए ।
पछी फेरी राहत संकलनको काम सुरु भयो- राज्यले बिपत्ती कोषको घोषणा गर्यो एनआरएनले बिश्वभरका नेपालीहरुमाझबाट राहत संकलनको नेतृत्व गर्यो र नेपालमा र प्रवासमा भएका नेपालीहरुको मन एकपटक ससंकित बन्यो । नेपालका नेपालीले अव विदेशीले पठाएको राहत पनि नपाइनेमा आशंका ब्याक्त गरे भने प्रवासका नेपालीले आफुले पठाएको राहत पीडितसम्म पुग्नेमा विश्बस्त बन्न सकेनन् । त्यही दलीय स्वार्थले देशलाई प्रगतीपथमा धकेल्न नसकेको पीडा छातीभरि बोकेर बिदेसिन बाध्य नेपालीले बिदेशमा पनि तिनै दलका प्रतिनीधीहरुलाई बिदेशमा बस्ने नेपालीहरुको हक-हीतको संरक्षण तथा एकताका लागी भनेर गठन भएको एन आर एन पदाधिकारीका रुपमा देख्दा प्रवासिको छाति पोल्नु अश्वभाविक हुदै होइन ।
एडेलेडमा ब्याक्तिगत र समुहीक प्रयासबाट घेरै यस्ता कामहरु भए । एन आर एन लाई ‘सुद्दिकरण’ गर्न सकिएला भनेर आश गर्दै नचाहेरैपनि केही रकम दिए । यसैबीच एडेलेडमा बस्ने नेपाली प्रतिष्ठा गौतमको मनमा यही बिपद्को अवशरलाइ उपयोग गर्दै एडेलेडमा नेपाली समुदायलाई अष्ट्रेलियन सरकारको आँखासम्म पुर्याउने अन्य अन्य समुदाय संगपनि एउटा सम्बन्ध-बिस्तार गर्ने बिन्दुका रुपमा उपयोग गर्ने एउटा सोच पलाएर गयो । उनले यस्तै केही गर्न चाहनेहरुमाझ आफ्नो सोच लगिन र एउटा कार्यक्रम झट्ट बनिहाल्यो । हाल एक प्रगतिशिल नेपालीहरुको समुह उनैको त्यो सोचस्वरुप एडेलेडमा बस्ने अन्य देशका मान्छेहरुलाई समेत सहभागी बनाउने योजनाअनुरुप बनेको कार्यक्रम- Multicultural Charity Dinner ( ‘बहु-सांस्कृतीक सहयोगका लागी रात्रीभोज” लाइ सफल पार्न लागी परेको छ ।
एडेलेडमा नेपाली बस्न थालेको करिब २५ बर्ष भइसकेको छ र गन्य संख्यामा बस्न थालेको पनि १३ बर्ष पुरा भइसेको छ । एडेलेडको नेपालीहरुमाझ यो नै एकमात्र अन्य देश र संस्कृतिका मान्छेलाईपनि समाबेस गर्ने सोचका साथ तयार भएको कार्यक्रम हो भन्दा फरक नपर्ने बताउछिन, कार्यक्रमकि सह-संयोजक प्रतिष्ठा गौतम । कार्यक्रम १२ जुन २०१५ का दिन साझको ५:३० बजेदेखी Latvian Hall 4 Clark Street, Wayville SA 5034 मा हुदैछ । नेपाली समुदाय र बहु-सास्कृतीक समुदाय हेर्ने हेर्ने निकाय Multicultural Community Council SA को संयुक्त आयोजनामा हुनलागेको यस कार्यक्रममा साउथ अष्ट्रेलियाकि बहुसास्कृतीक मामिला मन्त्री जो बेट्टिसन (Zoe Bettison) ले पनि उपस्थित हुन इच्छुक रहेको बताएकी छिन । कार्यक्रममा २०० भन्दा बढी अन्य संस्कृतिका मान्छेहरु उपस्थिती रहने र त्यही संख्यामा नेपालीहरुपनि उपस्थित रहने अनुमान गरिएको छ । सर्बदा घिमिरेको संयोजकत्वमा हुन लागेको कार्यक्रममा प्रतिष्ठा गौतम, असोक केसी, गोबिन्द राणा, कपिल पाण्डे, दिपक लामा, चेवन अधिकारी, सुयोग सिह लगायत सम्पुर्ण नेपालीहरुले आफ्नो स्थानबाट सकेको सहयोग गरिरहनु भएको छ ।
यस कार्यक्रममा अनलाइन टिकट खरीद गर्न सकिने समेत ब्यवस्था गरिएको छ । टिकट तलको लिङ्कमा गएर खरिद गर्न सकिन्छ ।
राहत संकलनका लागी रहतको साथ-साथै ‘Unite for Nepal’ अंकित टि-सर्ट पनि उपलब्ध छ । सहयोगका लागी टि-सर्ट खरिद गर्न चाहनेले एउटा टि-सर्ट $ २०, दुइटा $ ३५ मा श्रीमान-श्रीमती र बच्चाका लागी $ ५० मा सर्बदा घिमिरे, प्रतिष्ठा गौतम, असोक केसी, गोबिन्द राणा, कपिल पाण्डे, दिपक लामा, चेवन अधिकारी, सुयोग सिह मध्ये कोही लाई सम्पर्क गरेर अथवा नेपाली ग्रोसरीबाट समेत प्राप्त गर्न सकिने छ ।
बिध्यार्थीले भने एउटा टि-सर्ट $ १५, दुइटा $ ३० मा श्रीमान-श्रीमती र बच्चाका लागी $ ४५ मा प्राप्त गर्नेछन् ।
Leave a Reply