यसरी भत्काइयो लुभु गेट
ललितपुर-सधै लुभु क्षेत्रमा पुग्दा अथितिलाई स्वागत गर्ने लुभु प्रवेशद्वारबाट बुधबार दिउँसो पुग्दा प्रवेश गर्न दिइएन। वैशाख १२ देखि निरन्तर आएका भूकम्पका कारण जोखिपूर्ण बनेको उक्त प्रवेशद्वारको केही अगाडी नै प्रवेश निषेध लेखिएको थियो। ललितपुरको लुभु क्षेत्रमा रहेको प्रवेशद्वार बटुवाका लागि धराप बनेपछि नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी मिलेर गेट भत्काएका छन्।
लुभु क्षेत्रका अधिकांश पुराना घरहरु भत्किएका छन्। जहाँ बैशाख १२ गतेको भूकम्पमा परी ११ जनाको मृत्यु भएको स्थानीय कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
बैशाख १२ को भूकम्प गएको १८ औ दिनसम्म भूकम्प नआएपछि घर नचर्किएका स्थानीय आफ्नो घरमा गएर बस्न थालेका थिए। मंगलबार दिउँसो गएको भूकम्पपछि स्थानीय पुन आफ्नो खेतबारीमा त्रिपाल टाँगेर बस्न थालेका छन्। ‘हामी एउटै त्रिपालमा २० जजा जति बसका छौं,’स्थानीय श्रेष्ठले नागरिकन्युजसँग भने, ‘कुन घर बस्न मिल्ने कुन नमिल्ने हामी अन्योलमा छौं।’
भिडियो :
Leave a Reply