स्विट्जल्यान्डमा अन्धाधुन्ध गोली चल्यो, धेरैको हाताहाती हुने आशंका
स्विस- स्विट्जल्यान्डमा शनिबार राति अन्धाधुन्ध गोली चलेको छ। अज्ञात समूहको गोलीबाट धेरै हाताहाती भएको हुनसक्ने अनुमान स्थानीय प्रहरीले गरेको छ। यति नै संख्यामा भन्ने एकीन नभए पनि अधिकांश युवाहरु रहेको प्रहरीले जनाएको छ।स्विस सहरको वियरलिंगनस्थित आवासीय भवनमा गोली चलेको र त्यहाँ ४ हजार बढी मानिस बसोबास गर्ने गरेको प्रहरीले जनाएको छ।
घटनाबारे स्थानीय अधिकारीहरुले केही बताउन नचाहेको रोयटर्सले जनाएको छ। यद्यपि प्रहरीले आइतबार दिउँसोसम्म पत्रकार सम्मेलनको तयारी गरेको बताइएको छ।
Leave a Reply