भारतीय सेना २० दिन भन्दा लड्न सक्दैन
एजेन्सी– यदि युद्ध हुने हो भने भारतीय सेना केबल २० दिनसम्ममात्र युद्ध लड्न सक्ने छ । सीएजी को एक रिपोर्टका अनुसार यस्तो खुलासा भएको एक अंग्रेजी पत्रिकाले जनाएको छ । समाचारका अनुसार भारतीय सेनासँग १५ देखि २० दिनसम्मको लागिमात्र गोला बारुद छ, जसको सहारामा भारत युद्ध लड्न सक्छ । सेनाको लडाकू विमान तेजस पनि अझै युद्धका लागि तयार भएको छैन । सीएजीका अनुसार भारतसँग कम्तीमा पनि ४० दिन युद्ध लड्न सक्ने सामान रिजर्व हुनु पर्छ । यस विषयलाई लिएर भारतीय रक्षा मन्त्रालयलाई प्रश्नसमेत उठाइएको छ ।

Leave a Reply