सम्पादक युवराज घिमिरेलाई भारतीय दुतावासको घम्कि

चyubaraj ghimire journalistर्चित पत्रकार तथा अन्नपुर्ण पोष्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतीय दुतावासका एक अधिकारीले धम्क्याएको घट्ना सार्वजनिक भएको छ। घट्ना पछी नेपाल पत्रकार महासंघले एक वक्तब्य जारी गर्दै यस विषयमा महासंघ गम्भिर भएको जनाएको छ ।

युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले कुटनीतिक मर्यादा विपरित प्रकाशन गरेको भनेर लगाएको आरोपप्रति नेपाल पत्रकार महासंघ गम्भीर भएको छ ।
प्रधान सम्पादक घिमिरेका अनुसार बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारमाथि आपत्ति जनाएर ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै धम्काएका थिए ।

विनाशकारी भूकम्पबाट प्रभावित भएर पनि देश र जनतालाई सू–सुचित गर्ने आफ्नो कर्तव्यबाट पछाडी नहटि दिनरात खटिरहेको नेपाली मिडियालाई सम्बन्धित सबैबाट सहयोग र सद्भाव व्यक्त हुनुको साटो स्वतन्त्र पत्रकारिताको मर्म विपरित यसरी आरोपित गरिनु निन्दनीय भएको जारी विज्ञप्तीमा उल्लेख छ।

नेपाली मिडियामा प्रकाशित कुनै समाचारबाट दूतावासलाई आपत्ति भएको भए उक्त विषयमा कुटनीतिक तहबाटै तथ्य के हो भन्ने कुरा सार्वजनिक गर्नुपर्नेमा व्यक्तिगतरुपमा प्रधान सम्पादकलाई आरोप लगाइनु आफैंमा नेपाली मिडिया तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ ।

पत्रकार घिमिरेले भारतमा पनि पत्रकारिता गरेका थिए । कान्तिपुर दैनिकको समेत सम्पादक रहिसकेका उनलाई कुनै बेला दरबार हत्याकाण्डको बारेमा बाबुराम भट्टराईको लेख छापेवापत तत्कालिन सरकारले पक्राउ गरेको थियो ।

Leave a Reply