‘म्याग्निच्युडअनुसार भूकम्पको स्केल फरक, एमएल नेपालको आधिकारिक’
त्यस दिनको भूकम्प कहीँ ७.६, कहीँ ७.८ र कहीँ ७.९ म्याग्निच्युडको हो भनेर फरकफरक तथ्यांक सार्वजनिक भइरहेको उल्लेख गर्दै उनले वास्तविक तथ्यांक माग गरेका हुन्। ‘खासमा कुन चाहिँ ठिक हो? सरकारको आधिकारिक भनाइ आउनुपर्यो,’ उनले संसदमा भने।
राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भने सुरुदेखि नै आफ्नो आधिकारिक म्याग्निच्युडअनुसार मइँगिन्चइुड स्केल सार्वजनिक गरिरहेको बताएका छन्। ‘यसमा झुक्किनुपर्ने कुनै कारण छैन,’ उनले भने, ‘विभिन्न देशले आफूअनुकूलका म्याग्निच्युड प्रयोग गर्ने हुनाले फरक–फरक तथ्यांक आएको हो।’
उनका अनुसार नेपालले सधैं लोकल म्याग्निच्युड (एमएल) प्रयोग गर्छ। यसअनुसार शनिबारको पहिलो ठूलो भूकम्प ७.६ र आइतबारको ठूलो भूकम्प ६.९ मइँगिन्चइुड स्केलको भएको उनले बताए। केन्द्रले आफ्नो आधिकारिक वेबसाइटमा त्यही उल्लेख गरेको छ। भूकम्पको केन्द्रबिन्दुबाट स्थानीय स्टेसनहरूमा सिधै आउने तरंगबाट निकालिने म्याग्निच्युडलाई ‘लोकल म्याग्निच्युड’ भनिन्छ। ‘एमएल हाम्रो आधिकारिक म्याग्निच्युड हो,’ अधिकारीले भने।
अमेरिकाले ‘मुभमेन्ट म्याग्निच्युड’ (एमडब्लु) प्रयोग गरेर सुरुमा ७.९ र त्यसपछि ७.८ मइँीगन्चइुड स्केल भनिरहेको छ। यसअनुसार भूकम्प गएको केही समयपछि त्यसले पृथ्वीमा पारेको असरअनुसार मइँगिन्चइुड स्केल निकालिन्छ। एमडब्लु भूकम्पको प्रभाव क्षेत्र हेरेर तय गरिने म्याग्निच्युड हो। विशेषगरी शक्तिशाली र महाभूकम्प मापनमा यो म्याग्निच्युड प्रयोग हुने गर्छ।
त्यस्तै, चीनले एमएस म्याग्निच्युड प्रयोग गरेर पहिलो दिनको भुकम्पलाई ८.१ मइँीगन्चइुड स्केलको भन्दै आएको छ। सतहमा आएको तरंगलाई आधार मानेर निकालिने म्याग्निच्युडलाई एमएस म्याग्निच्युड भनिन्छ। जापानले एमजे म्याग्निच्युड प्रयोग गर्छ। ‘देशअनुसार म्याग्निच्युड फरक हुन्छन्, उनीहरूले आफ्नो देशका भौतिक संरचना र तिनको भूकम्प थेग्ने क्षमतालाई आधार मानेर पनि म्याग्निच्युड प्रयोग गर्छन्,’ अधिकारीले भने, ‘म्याग्निच्युडअनुसार कुनै पनि भूकम्पको मइँगिन्चइुड स्केल फरक आउँछ।’
शुक्रबार चारमाथिका पाँच भूकम्प
बिहान २:१९ ४ सिन्धुपाल्चोक
बिहान ६:१७ ५ दोलखा/सिन्धुपाल्चोक
बिहान ८:१९ ४.२ सिन्धुपाल्चोक
दिउँसो १:३२ ४.८ सिन्धुपाल्चोक
दिउँसो ३:०५ ४.२ रसुवा/नुवाकोट
– See more at: http://nagariknews.com/society/nation/story/37731.html#sthash.weiWgcoP.dpuf
Leave a Reply