एडेलेडमा भु-कम्प पिडीत नेपालीहरुको सम्झनामा “क्याण्डल लाइट भिगिल” सम्पन्न

-मिलन दाहाल

७ मे २०१५, एडेलेड- गत बैसाख १२ गते नेपालमा गएको महा-भुकम्पमा दिवागंत हुनेहरुको आत्माको चीर‍-शान्तिको  तथा घाइतेहरुको सिघ्र स्वास्थ-लाभको कामना गर्दै एडेलेडमा बिहिवार दिप प्रज्वलन गरियो । एडेलेडको मुटुमा रहेको भिक्टोरिया स्क्वायरमा भएको उक्त कार्यक्रममा साउथ अष्ट्रेलियाको समुदाय, संस्कृती, आवास, युवा, स्वयंसेवक तथा बहु-सांस्कृतीक मामिला मन्त्री जो बेट्टीसन (Joe Bettison) को समेत उपस्थिती रहेको थियो ।

एडेलेडको स्थानिय टेलिभिजन च्यानल News 7 ले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रमcandle2 भनिएकै समय अर्थात साँझको ६ बजे सुरु भएको थियो । एडेलेडमा हुने गरेका अन्य नेपाली कार्यक्रमहरु भन्दा निकै व्यवस्थित तवरले कार्यक्रम सम्पन्न भएको उपस्थितहरुले बताए । नेपाली समुदाय, स्थानिय अष्ट्रेलियन नागरीक तथा नेपाली भाषी भुटानी समुदाय समेतको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रमको शुरुवातमा दिवागंतहरुको आत्माको चीर-शान्तिको कामना गर्दै १ मिनेट मौनधारण गरिएको थियो । त्यसपछी साउथ अष्ट्रेलियाको मुख्य शहरको मुटुमा Jane Pennington को भायोलिनको  धुनमा नेपाली राष्ट्रिय गीत candle2बज्दा नेपालीहरुको छाती गर्वले फुलेको आभास प्रत्येक नेपालीहरुको मुहारमा छर्लङ्ग देख्न सकिन्थ्यो । साउथ अष्ट्रेलियाकी समुदाय, संस्कृती, आवास, युवा, स्वयंसेवक तथा बहु-सांस्कृतीक मामिला मन्त्री जो बेटीसन (Joe Bettison) ले नेपालमा  गएको भुकम्पमा मृत्यु हुनेहरुलाइ श्रदाञ्जली अर्पण गर्दै प्रलय निकै ठुलो भएको नेपाललाई यस परिस्थितीसँग लड्न अष्ट्रेलियालगायत सारा विश्वले सघाइरहेको र सघाइरहने बताइन ।

candle3कार्यक्रममा सोचेभन्दा ज्यादा उपस्थिती रहेको कार्यक्रम सफल पर्न बिशेष भुमिका खेलेका दिपक लामाले बताउनुभयो । रामकृष्ण निरौलाले संचालन गर्नुभएको उक्त कार्यक्रमको समापन संयोजक गोबिन्द राणाले कार्यक्रमकी प्रमुख अतिथी जो बेटीसन, कार्यक्रम सफल पार्न मद्दत गर्ने तथा उपस्थित सबैलाइ धन्यबाद ज्ञापन गर्दै गर्नुभएको थियो । कार्यक्रम अन्तराष्ट्रीय नेपाली कलाकार समाज, गैर आवासीय नेपाली समाज- साउथ अष्ट्रेलिया, अष्ट्रेलियन नेपाली समाज लगायतको समस्त नेपाली समुदायको आयोजनामा भएको हो ।

Leave a Reply