ड्रोन उडाउन राेक, निजी हेलिकप्टरलाई बिदाई

drone२३ वैशाख, काठमाडौ  – पर्यटन मन्त्रालयले अनाधिकृत रुपमा मानवरहित हवाई यन्त्र ‘ड्रोन’ उडानलाई रोकेको छ ।

अनुमति नलिई भूकम्पको तस्विर खिचेको र जानकारी लिएको गुनासो आएपछि मन्त्रालय रोकेको हो । ‘मानवरहित हवाई यन्त्र ड्रोन प्रयोग गरी अनधिकृत रुपमा तस्विर तथा सुचना संकलन गर्ने कार्य भैरहेको जनगुनासोलाई दृष्टीगत गरी नागरिक उड्डयन प्राधिकरणको अनुमति नलिई उक्त हवाई यन्त्र प्रयोग गर्न पाईने छैन्,’ मन्त्रालयले मंगलबार राति सूचना प्रकासित गरी भनेको छ । ड्रोन बारे नेपालले हाल सम्म काुनुन बनाएको छैन् ।

त्यसैगरी सरकारले उद्धार र राहतमा परिचालित निजी कम्पनीका हेलिकप्टरलाई उद्धारबाट झिकेको छ । उद्धार र राहत व्यवस्थापन गर्न अन्तराष्ट्रिय विमान स्थलमा गठन गरिएको ‘आपतकालिन नियन्त्रण केन्द्र’ ले मंगलबार राति बैठक गरी यो निर्णय गरेको पर्यटन विभागका सहसचिव रमेश कुमार अधिकारीले बताए । पर्यटनमन्त्री अध्यक्ष रहने बैठकले नेपाली सेनाको स्काई ट्रकसहित ९ वटा हेलिकप्टर, भारतीय वायु सेनाका १३ र अमेरिकी सेनाका ओस्प्रेजहाज सहित ५ वटा विमानलाई उद्धार र राहत वितरणमा परिचालन गर्ने निर्णय गरेको हो । ‘आवश्यक पर्दा निजी कम्पनीका हेलिकप्टर सेनाको संयोजनमा परिचालन हुनेछन्, तर हाललाई नेपालीसेना, भारतीय र अमेरिकी सैनिकका जहाजले पुग्छ,’ सहसचिव अधिकारीले कान्तिपुरलाई भने । अब निजी हेलिकप्टर फुर्सदिला भएका छन् । हाल नेपालमा रहेका ७ वटा निजी कम्पनीका २२ वटा हेलिकप्टर छन् । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार, यी हेलिकप्टरहरुले मंगलबारसम्म देशभर ५  हजार ५ सय २२ घाइते तथा भुकम्पपिडितको उद्धार गरे । त्यस्तै भुकम्पप्रभावित जिल्लामा ७५ हजार ६ सय ७० किलोग्राम राहत सामाग्री काठमाडौंबाट बोकेर घटनास्थलसम्म पुर्‍याए । यसैबिच हेलिकप्टरबाट मंगलबारदेखि राहत सामाग्रीहरुको एरियल ड्रप शूरु भएको छ । नेपाली सेनाको संयोजकत्वमा मंगलबार काभ्रे, सिन्धुपाल्चोक, धादिङ्ग र दोलखामा एरियल ड्रप गरिएको थियो । यसैबिच भुकम्प गएपछी २४ सैघन्टा विमानस्थल सुचारु गर्दै आएको नागरिक उड्डयन प्राधिकरणले मंगलबार रातीदेखी विमानस्थलको समय घटाएको छ । विमानहरुको चाप घटेपछि मंगलबार रातीदेखी १८ घन्टामा ल्याइएको छ । मंगलबार सम्म त्रिभुवन विमानस्थलमा अन्तराष्ट्रिय रेडक्रस क्यानडा, फिनल्यान्डसहित ३८ मुलुकले २ सय ३६ वटा उडान गरे । यस्मा भुकुम्प पिडितहरुकालागी राहत समाग्री ल्याइएको थियो । यस्तो सामाग्री सिधै  विमानस्थलमा रहेको सेना हवाई निर्देशनालयको जिम्मा लगाइन्छ ।

Leave a Reply