एडेलेडको एउटै स्टोरको अगाडी बसेर भुकम्प पीडितका लागी करीब २,५०० डलर संकलन

७ मे २०१५, एडेलेड- एडेलेडमा नेपालमा गत बैसाख १२ गते गएको भु-कम्प पिडीतको सहायोगार्थ रकम संकलन गर्ने क्रममा एउटा समुहले वुलवर्थ, कम्बर्लेन पार्कमा बसेर संकलन गरेको अष्ट्रेलियन डलर २,४७६ गैर आवासीय नेपाली समाज, साउथ अष्ट्रेलियाको खातामा जम्मा भएको छ । रकम संकलनका लागी बंधुबिक्रम कार्की, दीपा सापकोटा, सुनगाभा गौतम, सोम सुनामी, मान-एता श्रेष्ठ, भावना श्रेष्ठ, गनेश पराजुली, दिनेश ढकाल, नबीन कडेल, मिलन दाहाल लगायतका सदस्यहरु आलोपालो गरेर बस्नु भएको थियो। उक्त कार्यका लागी वुलवर्थ व्यवस्थापनसंग समन्वयका लागी त्यहि कार्यरत डिल्ली सापकोटाले साहायोग गर्नुभएको थियो ।

Leave a Reply