त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एनआरएनए द्वारा ‘हेल्प डेस्क’ स्थापना
भूकम्प पिडित नेपाली लाइ सहयोग गर्न आएका नेपाली तथा विदेशीलाई सहयोग गर्न गैर-आवाशीय नेपाली संघले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ‘हेल्प डेस्क’को स्थापना गरेको छ | हेल्पडेस्कको स्थापना हिजो शनिबार देखि भएको गैर-आवाशीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष बद्रि केसीले न्युज एनआरएनलाई बताए | त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एनआरएनए हेल्प डेक्समा सलिना र अनुष्का भट्ट फोटो : न्युज एनआरएन डट कम दैनिक १८ घण्टा खटिएर ३ शिफ्टमा सेवा दिईरहेका छौ, बिमानस्थलको ‘एनआरएनए हेल्प डेस्क’मा रहेकी सलिना भट्टले भनिन | “बिश्व भरि बाट नेपाली तथा बिदेशी सहयोग गर्ने भनेर आउनु हुन्छ तर राहतका समान कसरि झिक्ने,राहत सामग्रीको सहि ब्यबस्थापन कसरी गर्ने भन्ने उहाँ हरुलाई थाहा हुदैन” उनले भनिन |नेपाल सरकारले यस्तो राहत सामग्रीको लागी एक द्वार प्रणाली स्थापना गरेको छ | जसलाई ब्यबस्थापन र सहयोग क्षेत्रको बृष्तित जानकारी दिएको स्वयंसेबक उपेन्द्र बनले जानकारी दिए | त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एनआरएनए हेल्प डेक्समा उपेन्द्र बन फोटो : न्युज एनआरएन डट कम हामीले सहयोग गर्न चाहाने नेपाली,बिदेशीहरु लाइ गैर-आवाशीय नेपाली संघको केन्द्रीय कार्यालय संग पुर्याइदिने पुलमात्र बनेको अनुष्का भट्टले जानकारी दिइंन | गैर-आवाशीय नेपाली संघले नेपालमा परेको बिपत्तिका लागी १० करोड सहयोग गर्ने बाचाका साथ पहिलो चरणको राहतकार्यक्रम द्रुत रुपमा भएको बताएको छ |
Leave a Reply