सरकार ! हामी ढलेका छौं, देशको स्वाभिमान ढल्न नदिनुहोस्

राजेश राई
बिहीवार भारतीय एमआई–१७ हेलिकोप्टर काठमाडौंबाट सोलुुखुम्बु लुुक्लाका लागि उड्यो । तर, सोलुुखुम्बुका स्थानीय पत्रकार भन्छन्, ‘हेलिकोप्टर सिधै लुुक्ला नगएर झन्डै चीनको आकाशसम्म पुुग्यो ।’ हेलिकोप्टर नेपाल चीनको सीमाक्षेत्रमा घुमेर जब लुक्ला पुुग्यो, उद्धार प्रतीक्षामा बसेका घाइतेमा खुुसीको सञ्चार भयो । उनीहरूले सोचे– उपचारका लागि काठमाडौं जान पाइने भयो । तर, उनीहरूको आशा छिनभरमै निराशामा परिणत भयो । भारतीय एमआई–१७ भारतीय पर्यटकमात्रै बोकेर काठमाडौं फर्कियो । बिरामी राखेर उद्धार प्रतीक्षामा लुुक्लामा बसेका नवीनसिंह कुलुुङका अनुसार घाइतेको अनुुनय–विनयलाई भारतीयले वास्ता गरेनन् । ‘भारतीयलाई मात्रै खोजी–खोजी लगे,’ कुलुङले टेलिफोनमा दुुखेसो सुनाए । उनको दुु:ख सुनीरहदा यस्तो लाग्यो, ‘एकदेशको कथामा जस्तो वायुपङखी घोडा बनेर घाइते बोकेर काठमाडौं ल्याउँ ।

बुधवार काठमाडौंबाट भारतीय सैनिक हेलिकोप्टर रसुवाको लाङटाङका लागि उड्यो । रसुवाको लाङटाङ क्षेत्रमा सैयौं पर्यटक फसेका छन् । तर, हेलिकोप्टर पर्यटक फसेको क्षेत्र होइन, चीनको सीमाक्षेत्रमा लामो समय फन्को मारिरह्यो । स्थानीयका अनुसार हेलिकोप्टरले सीमाक्षेत्रमा निकै चक्कर लगाए । लामो चक्करपछि त्यो हेलिकोप्टरले पनि भारतीयलाई मात्रै छानेर काठमाडौं ल्यायो ।
नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा ९ जहाज पार्किङ गर्न सक्छ तर भारतीय वायुसेनाको ६ विमानले पार्किङस्थल ओगटे । अन्य विमानलाई ठाउँ भएन । यही कारण राहत सामग्री ल्याएको थाई एयर फकाईयो । कतार एयरवेजलाई तीन घन्टा आकाशमै होल्ड गराइयो । कतार एयरवेजका पाइलटले तेल सकियो, अब दुर्घटना हुन्छ भनेपछि मात्रै भारतीय वायुसेनाको विमानले ठाउँ छोडिदियो । भारतीय वायुुसेना विमानका कारण राहत सामग्री बोकेर आएका धेरै जहाज फर्किए ।
मंगलवार, बुधवार र बिहीवार भारतीय सैनिक हेलिकोप्टर काठमाडौंको आकाशमा यस्तरी चक्कर मारिरहेको देख्न सकिन्थ्यो की, मानौं, काठमाडौंवासीको सबै सुरक्षा हेलिकोप्टरबाट मात्रै भइरहेको छ । यो आलेख तयार पारिरहँदा पनि ललितपुरको आकाशमा भारतीय सैनिक विमान उडिरहेको छ । विनाशकारी महाभूूकम्पबाट नेपाल अहिले क्षतविक्षत भएको छ । विदेशीको सहयोग जारी छ । तिनै विदेशीमध्येको छिमेकी भारतीयले देखाएको दर्जनौं हर्कतमध्येका केही उदाहरण हुन् यो ।
लाखौं नेपाली बेघरबार छन् । सयौं बस्ती अझै उद्धारको प्रतीक्षामा छन् । दूरदराजका गाउँमा हजारौँ घाइते उद्धारको प्रतीक्षामा छन् । हेलिकोप्टर अभावमा घाइतेलाई उपचारका लागि ल्याउन सकिएको छैन । धेरै हेलिकोप्टर भए धेरै घाइतेलाई बचाउन सकिने सम्भावना थियो । अझै छ । हेलिकोप्टर भए दुुर्गम बस्तीमा भोकले छटपटाएका पीडितलाई खानेकुरा पुर्याउन सकिन्छ । तर, विडम्बना चीन सरकारले उद्धारका लागि दिन्छुु भनेको आठ ठूला हेलिकोप्टर सरकारले आवश्यक छैन भनेर लिन अस्वीकार गरेको छ ।
शनिबार मात्रै नेपाली सेनाका प्रधान सेनापति गौरव शम्शेर जवराले ढुवानीमा समस्या भएको बताए । उनले भने, ‘विमानस्थल सम्हाल्ने काममा हाम्रो कमजोरी रह्यो । हवाइ ढुवानीको क्षमता हामीसँगै छैन । राहत सामग्रीलाई चुस्तरूपमा प्रभावित ठाउँमा पुर्याउन ढिला भएको छ ।’ मित्रराष्ट्रहरूबाटले दिएको राहत सामग्री विमानस्थमा थुुप्रिएको छ । यता जनता राहत नपाएर छट्पटीएका छैन । फेरी सरकार भन्छ, हेलिकोप्टर चाहिन्दैन । संकटको बेला यो जस्तो बिडम्बना के हुुन्छ ?
यहाँनेर यस्तो विडम्बना छ, छिमेकी भारतले पठाएको ६ वटै भारतीय वायुुसेना विमान आफ्नो नागरिकको उद्धार र अनावश्यक चीनको सीमाक्षेत्रमा चक्कर लगाउनमै व्यास्त छ । ती ६ भारतीय सैनिक विमानले भूकम्पपीडितको उद्धारमा खासै कामै गरेको छैन भन्दा फरक पर्दैन । अर्कोतिर चीनले पठाउँछुु भनेको आठ ठूला हेलिकोप्टर सरकारले चाहिँदैन भनेको छ । उद्धार प्रतीक्षामा रहेका हजारौं हजार घाइते र नेपालीका लागि योभन्दा ठूलो विडम्बना के होला ? दुुर्गम गाउँका पीडितले त्रिपाल र चिउरासमेत नपाएर खुुला चौरमा भोकले छटपटिएको समाचार दैनिकजसो पत्रिकामा छापिएका छन् । तर, भारतीय सैनिक विमानकै कारण राहत बोकेर आएका जहाज अवतरण गर्न नसकेर फर्केका छन् । कति ठूलो विडम्बना ?
मोदी सरकार, यो उद्धारको समय हो, जासुुसीको होइन
नेपाली सैनिक अधिकारीहरूका अनुसार भारतीय विमान उद्धारभन्दा बढी जासुुसीमा छन् । नेपालस्थित ब्रिटिस गोरखा सिग्नलका एक अधिकारीका अनुसार पनि भारतीय विमान जासुुसीमा केन्द्रित छन् । भारतीय वायुुसेनाका विमानमा भारतीय जासुुसीका तालिमप्राप्त अधिकारी उडिरहेका छन् । उनीहरूले खासगरी आकाशबाट नेपाल र चीन सीमाक्षेत्रको गहिरो अध्ययन गरिरहेका छन् । उद्धारका लागि आउने अन्य देशको विमान रोकेर भारतीयले गरिरहेको यस्तो हर्कत के क्षम्य छ ?
हामीलाई यतिबेला केवल सहयोग चाहिएको छ । मात्रै सहयोग । त्यो अमेरिकाले गरोस्, या चीनले वा भारतले । चीनको विमान ल्याउन किन दिइएन ? छोडीदिम् । तर, विमान आउन नदिने भातरीयले चहि विमान किन उद्दारमा लगाइरहेका छैनन् ? प्रश्न यो हो । भारतीयहरु यतिबेला जासुुसी र आफ्नो नागरिकको उद्दारमा खट्न चहान्छन् भने त्यो पनि ठिकै छ । तर, उद्दारका लागि आउन खोजेका अन्य देशका विमानहरुलाई पनि किन रोक्छन् । आखिर के चहान्छन्, उनीहरु ?
स्रोतका अनुसार यो तथ्यप्रति नेपाल सरकार जानकार छ । नेपाली सेना यस्तो हर्कतप्रति असन्तुुष्ट छ । स्रोतका अनुसार नेपाली सेनाले औपचारिक रूपमै यस्तो असन्तोष व्यक्त गरेका छन् । विपतको बेला भारतीयले छिमेकीलाई सहयोग गर्नु स्वागतयोग्य कुरा हो । हामीलाई सहयोग चाहिएको छ । अझै चाहिन्छ । तर, सहयोगका नाममा अहिले भारतीयले स्पष्ट रूपमा अवरोध गरिरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संकटमा अनेक वेदना प्रकट गरिरहेका छन् । आँसुु बगाएका छन् । तर, उनको आँसुु गोहीको आँसुुमात्रै भएको छ । यतिबेला हामी मोदीलाई यतिमात्रै भन्न सक्छौं– यस्तो महाबिपतको बेला सहयोग नगरे पनि अवरोधचाहिँ नगरिदिनुहोस् ।
गोहीको आशुु बगाइरहेका मोदी सरकार ! तपाईलाई थाहा छ, नेपाल क्षतविक्षत जस्तै छ । तर, जे भएपनि भोली नेपाल पनि रहन्छ । हामी रहन्छौं । यस्ता जासुुसी भोली गरे हुन्न ? हामीलाई राम्रोसँग हेक्का छ, भारत नेपाल असल छिमेकी कहिल्यै भएनन् । यो वा त्यो रुपले नेपालको शान्ति र समृद्धिको बाधक बनीरह्यो । हिजो बाधक थियो, भोली बाधक बनेहुन्छ, तर यस्तो संकटको घडीमा पनि बाधक नबनीदिए हामीलाई त्यही नै ठुुलो गुन हुनेथियो ।
अवरोध गरेर सहयोगको हल्ला
भारतीय टेलिजिभनहरूले यस्तरी हल्ला गरिरहेका छन्, मानौं, नेपालमा उद्धार भारतीयले मात्रै गरिरहेका छन् । भारतीय पत्रकारले काठमाडौंमा देखाएको दादागिरी हेर्दा हामी नेपाली पत्रकारलाई कम दुख्दैन । विनाअवरोध हरेक ठाउँमा पुुगेका छन् । देशको संवदेनशील र योग्य निकाय अब केही रहेनन् । उनीहरू हरेक ठाउँमा पुुगेका देखिन्छन् । हल्लाजस्तो छ तर साँचो अर्थमा भारतीयबाट खास सहयोग भएकै छैनन् । यो पंक्तिकार मंगलवार काठमाडौंको कलंकी पुुग्दा लामा–लामा भारतीय यात्रुवाहक बस कलंकीबाट बाहिरिँदै थिए । कतिपय बस खालीसमेत थिए । कलंकीमा बस नपाएर बिजोग भएका यात्रुुले भारतीय बसलाई बीचबाटोसम्म छाडिदिन अनुरोध गरे पनि सम्बन्धित बसचालकले वास्तै गरेनन् । उनीहरूमा मानवीयता भन्ने कति पनि देखिएन । अन्य बसहरुमा मारामार चलीरहेको थियो । नियन्त्रण लागि प्रहरी थिएन । तर, भारतीय बस प्रहरीको स्कटिङमा थियो ।

अर्को घटना, भूूकम्पको त्रासले पंक्तिकार लगनेखलमा रहेको बुुद्धि विकासको खेल मैदानमा आश्रय लिएका थिए । नेपाली र भारतीय सेनाले टेन्ट बनाउन सहयोग गरिरहेका थिए । टेन्टका लागि केही त्रिपाल भारतीय सेनाले बोकेर ल्याएका थए । उनीहरूले भारतीयलाई मात्रै छानी–छानी टेन्ट र त्रिपाल दिए । संकटको बेला यो कुनै उत्तेजना होइन, क्रूर यथार्थ यही हो । भारतीयले हल्ला र अवरोधबाहेक केही गरेका छैनन् । सबै भारतीय सेना र विमानलाई फिर्ता गर्न सके बरु सहज हुने थियो ।
जनता उद्धार गर, प्रभुुको पूजा नगर
उद्धार नभएपछि घाइते मरिरहेका छन् । बाँचेका पनि भोकले छटपटिएका छन् । सैयौं बस्ती अझै उद्धारको प्रतीक्षामा छन् । हेलिकोप्टर भएर दुुर्गममा राहत पुर्याउन सकिने अवस्था छ । तर, हाम्रो सरकार भारतीयको अवरोधलाई चुुपचाप सहिरहेका छन् । चीनले दिन्छुु भनेको सहयोग पनि लिएका छैनन् । आखिर किन त ? यसको एउटै कारण हो– भारतको चाकरी । लाखौं जनता मृत्युसँग संघर्ष गरिरहेको बेला सरकार भने भारतलाई खुुसी बनाउन उद्यत छ ।
प्रधानमन्त्री सुशील कोइराला कुनै हालतमा भारतलाई असन्तुुष्ट बनाउन चाहँदैनन् । किनभने प्रधानमन्त्रीको कुुर्सी हल्लिने चिन्ता छ । कोइरालाई विनम्र अनुरोध गरौं, बरु कुर्सी हल्लिए हल्लियोस्, कुर्सी भत्के भत्कोस्, यो बेला प्रभुुलाई खुुसी पार्नुभन्दा रगत र आँसुुमाथि छटपटिरहेका जनताको पक्षमा काम गर ।
रह्यो, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेब गौतमका कुरा । कुनै बेला भारतलाई धारेहात लगाएर महाकाली बचाऊँ भन्दै हिँडेका वामदेव गौतम अहिले किन भारतसँग डराएका छन् ? जनताका आशा उनीमाथि थियो । अझै छ । तर, विडम्बना उनले भारतसँग आत्मसर्पण गरेजस्तो देखिएको छ । चीनको जहाज रोक्नमा उनको पनि भूमिका रहेको चिनियाँ अधिकारीहरूले स्पष्ट रूपमा बताएका छन् । किन त्रास छ ? यो कहानी अहिले नगरौं । बस् ! भारतको चकारी गर्ने समय हुँदै होइन । यो बेला हामी जनताले यति भन्न सक्छौं– गहृमन्त्रीज्यूू, साहस गर्नुहोस्, भारतीय अवरोध हटाएर निर्बाध रूपमा रगतमा डुबेका जनताको उद्धारको वातावरण बनाऊ ।

नालायक सरकार
हाम्रो सरकार यति नालायक छ कि, प्रधानमन्त्री कोइराला महाविपत्ति भएको पाँच दिनपछि मात्रै घाइतेलाई भेट्न अस्पताल पुुगे । महाविपत्तिको चार दिनपछि मात्रै सरकार गम्भीर छ भनेर सम्बोधन गरे ।देखाउनकै लागि भए पनि भारतले समेत संसद्मा बहस गरेको छ । तर, विपक्षीका डरले ६ महिनाअघिदेखि सुुरु गर्नुुपर्ने संसद् बन्द छ । भुुटानका प्रधानमन्त्री नेपाल आएर अति प्रभावित क्षेत्र पुुगी निरीक्षण गरेका छन् । तर, हाम्रा प्रधानमन्त्री र मन्त्रीहरू आजसम्म गएको खबर सुुन्न पाइएको छैन ।
यस्तो महाविपत्तिको घडीमा सरकारविरुद्ध नाराबाजी गर्न उत्तेजना होला । त्यो व्यावहारिक पनि नहोला ? रगत र आँसुुमा डुुबेका जनतासँग त्यस्तो साहस पनि छैन । तर, यति भन्न सक्छौं– सरकार नालायक भयो । हजारांै वर्षसम्म यो महाविपत्तिको समयलाई जति कालो समयका रूपमा सम्झनुुपर्ने हुन्छ, सरकारको यही नालायिकी यस्तो नै रहे, इतिहासमा नालायक भनेर यो सरकारलाई सम्झनुुबाहेक हामीसँग अर्को विकल्प छैन । इतिहासमा खलनायकका रूपमा स्थापित हुनबाट बच्नुुहोस्, यतिमात्रै कामना गर्न सकिन्छ ।
यो नारा जुुलुस र उत्तेजनाको समय होइन । सरकारको उग्र आलोचना र अबरोधको समय पनि पटक्कै होइन । तर यति भन्न पाउँछौं, ‘सरकार ! यतिबेला हामी लाखौं नेपाली ढलेका छौं । तर, हाम्रो स्वाभिमान ढल्न नदिनुहोस् ।’ बिडम्बना घाइते बोक्न आएको भारतीय हेलीकेप्टरले घाइते होइन जासुस बोकेर हाम्रो संबेनशील क्षेत्रको ‘स्केज’ गदै हिडीरहदा अबश्य हाम्रो स्वाभिमान ढलेको छ ।
Leave a Reply