पृथ्वीले काठमाडौंबाट पोखरा यात्रु निःशुल्क ओसार्ने
शनिबार गएको महाभूकम्पका कारण पीडित बनेका सर्वसाधरणलाई पृथ्वी राजमार्ग बस सञ्चालक समिति अन्तर्गतका बसहरुले निःशुल्क रुपमा काठमाडौबाट पोखरा ल्याउने व्यवस्था मिलाएका छन्।सामाजिक उत्तरदायित्व र सहयोगको भावनाले भूकम्पबाट पीडित बनेर काठमाडौं छोड्न लागेका सर्वसाधरणलाई पोखरासम्म ल्याउने व्यवस्था मिलाइएको समितिका महासचिव योगेन्द्र केसीले जानकारी दिए।
बुधबार बिहानैदेखि काठमाडौंको बसपार्कबाट यात्रु बोकेर निःशुल्क पोखरासम्म ल्याउने केसीले जानकारी दिए। यात्रु बोक्नका लागि पोखराबाट मंगलबार बसहरु काठमाडौ गएको अध्यक्ष ऐनकुमार साईले जानकारी दिए। ‘करिब ५० वटा बसबाट यात्रुलाई पोखरासम्म ल्याउँछौं,’ उनले भने, ‘भूकम्पको पीडामा परेर राजधानी छोड्न चाहने यात्रुलाई हाम्रो अभियानले केही सहयोग पुर्याउने विश्वास गरिएको छ।’
निःशुल्क यात्रु बोक्नका लागि केही माइक्रो, मिनी र ठूला बस काठमाडौं पठाइएको छ। बुधबार बिहान ६ बजे नयाँबसपार्कबाट बसहरू यात्रु बोकेर हिड्नेछन्।
Leave a Reply