स-साना भूकम्प जाने क्रम जारी, सर्वसाधरण सडकमै

गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर बिहान ११:५६ बजे गएको ७.६ म्याग्निच्युड स्केलको शक्तिशाली महाभूकम्पपछि एकपछि अर्को गर्दै आइतबार बिहानसम्म पनि भूकम्पको धक्का महशुस भइरहेको छ।

ASHOK3

महाभूकम्पपछि सडकमा निस्किएका सर्वसाधरण अहिलसम्म पनि घरभित्र छिर्न सकेका छैनन्। सर्वसाधरण कतै खुल्ला चौरमा बसेका छन् भने कोही पाल टाँगेर खुल्ला ठाउँमा ओत लगाएर रात बिताएका छन्।

ASHOK2

अहिलेसम्म करिब चार दर्जन धक्काले नेपालका सबै भूभाग, भारतको दिल्ली र तिब्बतको पठारसम्म लगातार हल्लाइरहेको छ। त्यस्तै, सा-साना स्केलका भूकम्प सयौंपटक मापन गरिएको छ।

ASHOK4
शनिबार गएका भूकम्पमध्ये बारपाक केन्द्रबिन्दुको पहिलो कम्पन नै सबैभन्दा शक्तिशाली रहेको भूगर्भशास्त्री बताउँछन्। उनीहरूका अनुसार उक्त भूकम्प विसं १९९० सालको महाभूकम्पपछिको ठूलो भूकम्प हो।

ASHOK5

– See more at: http://nagariknews.com/main-story/story/37131.html#sthash.hcB754a8.dpuf

Leave a Reply