राष्ट्रपतिसहित सर्वसाधरण सडकमा, सुरक्षित ठाउँमा बस्न विज्ञको सुझाव
गोरखाको बारपाकमा केन्द्रविन्दु बनाएर ७.६ म्याग्नेच्युड स्केलबाट सुरु भएको भूकम्प एकपछि अर्को गर्दै जाने क्रम जारी छ। अहिले पनि सा-सानो भूकम्प गइरहेको छ। खानी तथा भूगर्भ विभाग भुकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले अहिले पनि सा-साना भूकम्प जाने क्रम जारी रहेकोले सतर्क भएर सुरक्षित ठाउँमा बस्न सुझाएका छन्। सुरुमा गएकोभन्दा कम म्याग्नेच्युडका भूकम्प गइरहेकोले अधिकारीले बताए
यता राष्ट्रपति कार्यालय शीतलनिवास चर्केपछि राष्ट्रपति रामवरण यादवसहित त्यहाँ बस्ने सबै पाल टाँगेर बाहिर बसिरहेका छन्। अन्य सर्वसाधरण पनि सडकमै बसिरहेका छन्।
Leave a Reply