एमाओवादीका पूर्व सेक्रेटरीसहित सयौँ एमालेमा प्रवेश

एकीकृत umlनेकपा माओवादी खोटाङका पूर्व–सेक्रेटरी प्रकाश चौंलागाई ‘बिक्रम’ एमालेमा प्रवेश गरेका छन् । जिल्ला कमिटी सदस्य रहेका चौंलागाई एमाले अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेका हुन ।

माओवादीले आफ्नो कार्यदिशा बिर्सिएर जनयुद्ध र जनआन्दोलनका सहिदको रगतलाई अवमूल्यन गरेकाले पार्टी परित्याग गरेको चौलागाईले बताए । एमाले प्रवेश गर्ने सूचना पाएपछि चौलागाईलाई एमाओवादी जिल्ला कमिटीले साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न पार्टी केन्द्रमा सिफारिस गरेको थियो ।

एमाले प्रवेशपछि चौलागाईले एकीकृत नेकपा माओवादीमा लागेर गल्ती गरिएको उल्लेख गरे । ‘माओवादीबाट मुलुक परिवर्तनको आशा गर्नु व्यार्थ रहेछ, मैले ओढेको बिक्रम नामको मुकुण्डे आजैका दिनबाट फालेर आएको छु ।’

पार्टी प्रवेश गर्नुअघि नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राई, राप्रपा नेपालका अध्यक्ष जीवनकुमार श्रेष्ठ लगायतका नेताहरुले सार्वजनिक स्थलबाट पार्टी प्रवेश नगर्न पटक–पटक फोन र एसएमएस आएको उनले खुलासा समेत गरे । चौलागाईसहित सयौँको संख्यामा नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन । पछिल्लो समय एमाओवादी परित्याग गरी एमालेमा प्रवेश गर्ने क्रम बढेको छ ।

Leave a Reply