ब्रेक फेल भएर दुर्घटना भयो: १७ जनाको ज्यान जानेगरी दुर्घटना भएको बसका चालक
१० बैसाख २०७२, काठमाडौँ-
१७ जना भारतीय तीर्थयात्रुको ज्यान जाने गरी धादिङको नौबिसेमा बुधबार विहान दुर्घटना भएको बसका चालक राजुराज सिंह भाईसँगको कुराकानी :
बिहान काठ
माडौंबाट बस चलाउने बेला राम्रोसँग ब्रेकहरू जाँचेको थिएँ । सबै ठीक थियो । मेरो अघिअघि अर्को बस थियो । ओरालोबाट अलिकति गहिरो र फेरि उकालो हुँदै घुमाउरो बाटो थियो । गाडी घुमाउन मैले ब्रेक थिचें, लागेन । गाडीको स्पिड पनि धेरै थिएन । खुट्टाको ब्रेक नलागेपछि ह्यान्ड ब्रेक लाउन खोजें । एउटा हातले स्टेरिङ समातेको थिएँ । धेरै यात्रुसहितको गाडी भएकाले म अत्तालिएँ । स्टेरिङ उल्टो घुम्यो । भित्तातर्फ घुम्नु पर्ने भीरतर्फ मोडियो । सडकमा लगाएको पर्खालमा बसको अगाडिको भाग ठोक्कियो । अगाडिको सिसा फुटेर म उछिट्टएिँ र जंगलमा कतै बजारिएँ । एक जनाले मलाई उद्धार गरेर अस्पताल ल्याएछन् । २४ वषर् देखि बस चलाउँदै आएको मेरा लागि यस्तो घटना पहिलो हो । काठमाडौं पहिलो पटक आएको हुँ । यसअघि भारतकै पहाडी क्षेत्रमा बस लिएर गएको थिएँ । यस्तो कहिल्यै भएको थिएन । ब्रेक नलागेका बेला नआत्तिई ह्यान्डब्रेक लगाउन सकेको भए यस्तो हुँदैनथ्यो होला ।
(नर्भिक अस्पतालको इमर्जेन्सी कक्षमा उपचार गराइरहेका राजुसँग प्रतिमा बाँस्कोटाले गरेको कुराकानीमा आधारित)
Leave a Reply