मिस नेपालको उपाधि इभाना मानन्धरलाई (फोटो फिचर )
५ बैसाख २०७२, काठमाडौँ- नेपाली बजारलाई अन्तराष्ट्रियकरण गर्ने पक्षमा मत जाहेर गरेकी इभाना मानन्धर यस वर्षको मिस नेपाल भएकी छिन्। राजधानीको अन्नपूर्ण होटलमा शुक्रबार राति आयोजित मिस नेपालको फाइनलमा उनलाई निर्णायक शंकर शर्माले १५ वर्षमा तपाई आफुलाई कस्तो अवस्थामा देख्नुहुन्छ ?’ भन्ने प्रश्न आएको थियो । जवाफमा उनले उद्यमी भएर अन्तराष्ट्रिय स्तरमा नेपाली बजारलाई पुर्याएर नेपाली समाजको विकासमा लागिरहने बताएकी थिइन्।
तीनघन्टा लामो प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको थियो । यसपटक मेधा कोइराला, रेबिका क्षेत्री, सृष्टि भट्टराई, पुजा श्रेष्ठ, प्रियारानी लामा, सुजाता खनाल, रिता केसी, सोनु थापा मगर, अनु खड्का, सुदिपा पाठक, निश्मा चौधरी, दिव्यता वैद्य, प्रशंसा पराजुली, इभाना मानन्धर, दुर्गा गुरुङ, एसिना पौडेल, कृपा न्यौपाने, स्नेहा पौड्याल र नुनिङ लिम्बुले सहभागिता जनाएका थिए । यसपटक मिस नेपालमा काठमाडौंबाहेक ललितपुर, तनँहु, सिराहा, रुपन्देही, कास्की, झापा, चितवन, सुनसरी, र ललितपूरका सहभागिले प्रतिस्पर्धा गरेका थिए । कोरियोग्राफर रचना गुरुङ शर्मा र माल्भिका सुब्बाले प्रतियोगीहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रतियोगितामा पूर्व मिस नेपालहरु सृष्टि श्रेष्ठ, ईशानी श्रेष्ठ, नवराज ढकाल, उदय शम्शेर राणा, निर्मला केसी, शंकर शर्मा, ज्ञानेन्द्रलाल प्रधान, सुदेश्ना श्रेष्ठ, निश्चल पाण्डे, लिजाडली मानन्धर र आनन्द रत्नपार्खी निर्णायक थिए । यसपटक प्रतियोगिता दर्शकहरूले समेत प्रत्यक्ष हेर्न पाऊन् भनेर टिकटको व्यवस्था गरिएको थियो ।




Leave a Reply