डा. गोविन्द केसी ‘नेपाल’ का वर्ष व्यक्ति

gkcमेडिकल शिक्षामा भएको विकृति हटाउन ५ पटक अनसन बसेका डा. गोविन्द केसी नेपाल म्यागेजिनको वर्ष व्यक्ति-२०७१ चुनिएका छन् । अघिल्लो बर्ष विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुमध्येबाट केसी वर्ष व्यक्ति चुनिएका हुन् ।

मेडिकल शिक्षा क्षेत्रमा हुने पैसाको चलखेल र कमसल जनशक्ति उत्पादन जनस्वाथ्यको लागि घातक हुने भन्दै नीति बनाएर मात्रै सम्बन्धन दिनुपर्ने माग सहित उनी अनसन बसेका थिए ।

सरकारले नीति बनाएर मात्रै मेडिकल कलेजलाई सम्बन्धन दिने प्रतिबद्धता जनाएपछि पछिल्लो पटक केसीले चैत्र १९ गते ११ औं दिनको दिन आमरण अनसन तोडेका थिए ।

म्यागेजिनले अघिल्लो वर्षको समाचार निर्माताको सूचीमा मुख्यसचिव लिलामणी पौडेल, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, पूर्वगभर्नर युवराज खतिवडा, केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख हेमन्त मल्ललाई समेटेको छ ।

त्यस्तै, सूचीमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, लघु उद्यमी केशा परियार, शीर्ष तीन दलका प्रमुख, पूर्व प्रधानसेनापति रुक्मांगत कटवाल अटाएका छन् ।

नेकपा माओवादीका अध्यक्ष नेक्रबिक्रम चन्द, अभिनेता दयाहाङ राई, पूर्व प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, व्यवसायी अजेयराज सुमार्गी, पूर्व युवराज पारस, सभासद् ल्हारक्याल लामा, सभासद् अमनलाल मोदी, नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष प्रदीपजंग पाण्डे, नेपाल पर्यटन बोर्डका प्रमुख सुवास निरौला समाचार निर्माताको सूचीमा छन् ।

२०७१ सालमा असल र खराब कारण चर्चामा आएका व्यक्तिहरुलाई समाचार निर्माताको सूचीमा राखिएको छ ।

Leave a Reply