जाजरकोटमा मौसमी रुघाखोकीबाट मर्नेको संख्या २३ पुग्यो
५ बैसाख २०७२, काठमाडौँ – – जाजरकोटमा फैलिएको मौसमी रुघाखोकीबाट थप २ को मृत्यु भएको छ । यो सँगै मौसमी रुघाखोकीबाट मर्नेको संख्या २३ पुगेको छ ।
आज गर्खाकोट १ मटेलाका ६० वर्षीय धने दमाई र नायकबाडा ८ घर्तीगाउँका ६८ वर्षीय वीरे कार्कीको मृत्यु भएको हो ।
गर्खाकोटकमा औषधी र स्वास्थ्यकर्मी नपुगेको गाविस सचिब कृष्णबहादुर शाहले जानकारी दिए । घर्तीगाउँमा यो रोगबाट एक सय बढी विरामी परेको स्थानीय कालीबहादुर कार्कीले बताए ।
प्रकोप नियन्त्रणका लागि स्वास्थ्यकर्मी तथा औषधी नपुगेको कार्कीले बताए ।
Leave a Reply