चार मिनेटमै पाँचजना छोरी जन्मिए
एजेन्सी : अमेरिकाको टेक्सासमा एक महिलाले एकसाथ पाँच छोरीलार्इ जन्म दिएकी छन् । जन्मिएका पाँचैजना छोरी स्वस्थ र सकुशल रहेका छन् ।जुम्ल्याहा, तिम्ल्याहा या चम्ल्याहाको जन्म त सजिलै भएका थिए तर पाँचजना एकै पटक जन्मेको यो नौलो रेकर्ड हो । बच्चा जन्मिएका टेक्सासको अस्पतालले सन् १९९९६ पछि यो दुनियाँको पहिलो घटना भएको दाबी गरेको छ ।
ह्युस्टन निवासी ड्यानियल बेस्बीले टेक्सासको महिला अस्पतालमा चार मिनेटभित्र यी पाँच छोरी जन्माएकी हुन् । यिनीहरुको जन्म २८ साता दुर्इ दिन लामो गर्भपछि भएको हो ।
पति एडम छोरीहरु जन्मेपछि धेरै खुसी भएका छन् । उनीहरुलार्इ पिताले खुसीसाथ स्वागत गरेका छन् । बेस्बी पनि धेरै खुसी रहेकी छन्, उनले पाँच छोरी दिएको भन्दै भगवानलार्इ समेत धन्यवाद दिएकी छन् ।
आफ्ना सबै शिशु बचाइदिएकोमा उनले अस्पताल परिवारप्रति आभार व्यक्त गरेकी छन् । छोरीहरुको जन्मको श्रेयसमेत उनले अस्पताललार्इ दिएकी छन् । बेस्बी र एडमको यसअघि तीन वर्षकी ब्ल्येक नामकी छोरी नै छिन् ।
एडमले युट्युबमा हालेको छोरीहरुको भिडियोमा उनीहरु सबै आफ्नो आफ्नो विशेषता रहेको बताएका छन् । उनीहरुको व्यक्तित्वले यो झलक दिइरहेको उनको भनाइ छ ।
ड्यानियल पेशाले ट्रुपर (सैनिक) हुन् । अस्पतालकी डाक्टर अलेलेक्जेन्डर रेइटरले गर्भावस्था र प्रसुतीका क्रममा ड्यानियललले प्रयाप्त शारीरिक अभ्यास गरेकाले पाँच सन्तान एकै पटक जन्माउन सकेकी हुन् ।

उनीहरुमा श्वास फेर्न थोरै समस्या भएको थियो । जसमा उनीहरुलार्इ मेसिन सहयोगमा श्वास फेर्न सजिलो बनाइएको छ । डा. रिवेराका अनुसार उनीहरु पाँचैजनाले जिन्दगीको बलियो शुरुवात गरेका छन् । उनले यी बालिका स्वस्थ भएर बढेको हेर्न आफूहरु आतुर रहेको प्रतिक्रिया दिएकी छन् ।
यसभन्दा अघि सन् १९८० मा अमेरिकामै एकैसाथ पाँच बच्चाको जन्म भएको थियो । जसमा एकजनाको मृत थिए भने चारवटा जीवित जन्मेका थिए ।
Leave a Reply