भरतमा इलेक्ट्रोनिक चिप लगएको परेवाले हङगमा मच्चायो
एजेन्सी– भारतीय समुद्री क्षेत्रमा एउटा परेवा आएपछि भारतमा टाउको दुखाइको विषय बनेको छ ।
समुद्री आकाशमा देखिएको परेवामा इलेक्ट्रोनिक चिप लगाएको देखेपछि त्यहाँका सुरक्षा निकाय तुरुन्तै उच्च सतर्क भएका थिए ।
। परेवाको खुट्टामा एकातिर इलेक्ट्रोनिक चिप लगाइएको थियो भने अर्कोमा अरबी भाषामा केही लेखिएको समाचारमा उल्लेख छ ।
गुजरात प्रहरीले यो परेवाबारेमा तत्कालै केन्द्रीय गृह मन्त्रालयमा खबर गरेको र सरकारले एक सन्देशमा गृह मन्त्रालयलार्इ यस घटनाको लिखित जानकारी गराएको बताएका बताइएको छ । ।
गुजरातको देवभूमि द्वारका ज्ल्लिामा जेट्टीको निर्माण भइहरेको छ । जेट्टीको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले परेवाको एउटा पञ्जामा इलेक्ट्रोनिक चिप भेट्टाएका थिए ।
परेवाको पँखेटामा अरबी भाषामा रसुल अलअल्लाहु लेखिएको थियो ।
परेवामा प्रयोग चिप र अरबी भाषामा लेखिएको सन्देशका कारण गुजरात सरकारले यसको सबै विवरण केन्द्रमा पठाएको छ ।
Leave a Reply