‘हिट एण्ड रन’ मुद्दामा सलमानको अपिल खारेज
न्यायधीश डी डब्लू देशपाण्डेले सलमानलाई शुक्रबार अदालतमा उपस्थिति हुन आदेश दिएका छन्।२८ सेप्टेम्बर २००२ मा सलमानको गाडीकोको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको थियो भने अन्य चार जना घाइते भएका थिए। यो मामिलामा दोवारा सुनुवाइ सुरु भएको छ भने शुक्रबार सलमानले बयान दिनुपर्ने सञ्चारमाध्यमले जनाएका छन्।
सलमाले राजस्थानको जोधपुरको अदालतमा चलिरहेको कालो हरिणको शिकार गरेको अभियोगमा उपस्थित हुन ‘हिट एण्ड रन’ मुद्दाको सुनवाई तीन हप्ता स्थगित गर्न अपिल गरेका थिए। अभियोजन पक्षको वलिक प्रदीप घाराटले सलमानको अपिलको कडा विरोध गर्दै ‘हिट एण्ड रन’ लाई प्राथमिकता दिन माग गरेका थिए।

Leave a Reply