बिशेष गरि हुर्कदै गरेको पुस्ता केन्द्रित कार्यक्रमहरु पहिलो पुस्ताले गर्ने कार्यक्रमहरुमा नदेखिने गरेको प्रति चिन्ता व्याक्त गर्दै हुँर्कदै गरेको पुस्ताहरुलाई हाम्रा संस्कृति नसिकाए हाम्रो नामोसिशान हराएर जाने बिषयलाई आफ्नो मुख्य एजेन्डा बनाएका खरेल गैर आवासीय नेपाली संघ दक्षिण अस्ट्रेलियाको पब्लिक अफिसरका रुपमा काम गरिसकेका छन । [...]
बानियाले आफूले युवा सदस्य, राज्य सचिव र उपसंयोजकका रुपमा काम गरिसकेकाले संस्थालाई नजिकबाट चिनेको र दीगो परिवर्तन कसरी गर्न सकिन्छ भन्ने कुरा बुझेको दाबी गर्दै संस्थामा परिवर्तनका लागी आफू संयोजकको उम्मेद्वार बनेको बताएका छन । [...]