जापानमा ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प, सूनामीको चेतावनी
३० बैशाख, एजेन्सी ।
नेपालमा ७ रेक्टर स्केल भन्दा माथिको पराकम्पन गएको १ दिन पछि भूकम्पबाट प्रभावित भैरहने जापानमा पनि ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको मियागी क्षेत्रमा ८ दशमलव ८ रेक्टर स्केलको भूकम्प भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
भूकम्प पछि प्रशान्त महासागरमा सुनामीको चेतावनी समेत जारी गरिएको छ । भूकम्पले गरेको क्षतिबारे भने विवरण आएको छैन ।
नेपालमा गत बैशाख १२ मा ७ दशमलव ९ रेक्टर स्केलको भूकम्प भएको थियो भने बुधबार २९ गते समेत ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको थियो ।
बुधबार भूकम्प गएको क्षेत्रमा सन् २०११ मा भूकम्प पछी आएको सुनामीले विनाशलीला मच्चाएको थियो । त्यतिबेला १८००० मानिस मारिएका थिए ।

Leave a Reply