सुर्य बहादुर थापाको निधन

unnamedपूर्वी प्रधानमन्त्री तथा राप्रपा अध्यक्ष सूर्यबहादुर थापाको निधन भएको छ । थापाको २ बैशाख साँझ निधन भएको हो । भारतमा उपचाररत थापाको निधन भएको खबर आएको राप्रपाका सहायक प्रवक्ता  किरण गिरीले हिमालखबरलाई जानकारी दिए । थापालाई १६ चैतमा वाणिज्य मन्त्री समेत रहेका छोरा सुनिलबहादुर थापाले उपचारका लागि दिल्ली लगेका थिए । ८८ वर्षीय थापा संविधानसभाका ज्येष्ठ सदस्य हुन । धनुकटामा जन्मिएका थापा पाँच पटक प्रधानमन्त्री बनेका थिए ।

Leave a Reply