भारतीय कलेजको लापरवाहीले सन्तान गुमाउनु पर्योः
२ मंसिर २०७१, नैनिताल- भारत नैनितालको स्रिउड कलेजले लापरवाही गर्दा आफूले सन्तान गुमाउनुपरेको भन्दै काठमाडौंकी नीना श्रेष्ठले दोषीलाई कारवाहीको माग गरेकी छिन् ।२ मंसीरमा लैंनचौंर ब्याङ्क्वीटमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले समयमा उपचार र रेखदेख नगरिदिदा आफ्नो छोरा शानको निधन भएको जनाइन् । कक्षा–९, मा अध्ययरत शानको निमोनियाबाट २८ कात्तिकमा निधन भएको थियो ।श्रेष्ठले भनिन, ‘‘खकारबाट रगत बग्न थालेपछि मात्रै अस्पताल लगिएपनि कलेजले मलाई जानकारी गराएन, मैले शानको साथीको अभिभावकबाट जानकारी पाए ।’’ श्रेष्ठले आजै भारतीय दुतावास र प्रधानमन्त्री सुशील कोइरालालाई दोषीमाथि कार्वाहीको माग राख्दै ज्ञापनपत्र बुझाएकी छन् ।
उनले भारतको उत्कृष्ठ कलेजबाटै यस्तो गम्भीर लापरवाही भएकाले भारतीय शिक्षा मन्त्रालयले गम्भीर हुनुपर्ने जनाइन् ।
Leave a Reply