तीस बर्षमाथीकालाई चौथो डोज कोभिडविरुद्दको भ्याक्सिन लगाउदै अष्ट्रेलिया

अष्ट्रेलियाले तीस बर्षभन्दा माथीका आफ्ना नागरिकलाई कोभिडविरुद्दको चौथो डोज खोप लगाउने भएको छ । अष्ट्रेलियाको खोपहरु सुझाउने निकाय The Australian Technical Advisory Group on Immunisation (ATAGI) ले ओमिक्रनका नयाँ भेरियन्टहरु  BA.4 तथा BA.5 को संक्रमण दर बढी रहेका कारण अस्पताल र स्वास्थ निकायहरुमा आगामी दिनमा हुनसक्ने चापलाई न्युनिकरण गर्न भन्दै चौथो डोज सिफारिस गरेको हो ।

चौथो डोज ५० माथीकाहरुलाई मुख्यतया सिफारिस गरिएको भएपनि ३० बर्षमाथीका हरुले यो खोप लिन चाहेमा लिन सक्नेछन । The Australian Technical Advisory Group on Immunisation (ATAGI) ले हिँउदको बुस्टर डोज लिन योग्य भएका तर लिईनसकेकाहरु ओमिक्रोनका नयाँ भेरियन्टहरुको उच्च जोखिममा रहेको भन्दै उनीहरुलाई यथासीघ्र चौथो डोज लिन आव्ह्वान गरेको छ । यसरी हिँउदको बुस्टर डोज लिन योग्य भएकाहरुमा ६५ बर्ष नाघेकाहरु, एज्ड केयर तथा डिसेबिलिटी केयरका बासिन्दाहरु, ५० बर्षमाथीका आदिवासीहरु, रोग प्रतिरोधात्मक क्षमता अत्यन्त कम भएकाहरु, १६ बर्षमाथीका कोभिडको संक्रमण धेरै हुने रोग लागेका मानिसहरु तथा १६ बर्षमाथीका अपाङ्गता भएका तथा अन्य जटिल रोगहरु वा धेरैखाले रोग लागेका मानिसहरु छन ।

The Australian Technical Advisory Group on Immunisation (ATAGI) ले पहिला कोभिडको संक्रमण भएको ३ महिना समयावधी नाघिसकेका सम्पुर्ण मानिसहरुलाई समेत पहिलाको संक्रमणले मात्र चाहिने सुरक्षा दिन नसक्ने भन्दै  चौथो डोज लिनुपर्ने बताएको छ ।

 

Advertisements

Leave a Reply