लामो समयदेखि अस्ट्रेलियामा रहेर नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउन सफल गायक रामकृष्ण निरौलाको नयाँ गीत ‘ओए कमला ‘ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार विक्रम के सी को शब्दरचना र सुनिल रोक्काको संगीत रहेको डान्सिङ्ग शैलीको यस गीतमा गायक निरौलालाइ गायनमा काब्य आचार्यलले साथ दिएकी छिन । लोकप्रिय नायक पुष्प खड्का र मोडेल बिना राउतको अभिनय रहेको ‘ओए कमला ‘को भिडियोलाइ युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन । रमणीय स्थल शुभतारा स्कुल लामाटारमा छायाँकन गरिएको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । भिडियोलाइ ‘ओ एस आर ‘ डिजिटल मार्फत सार्वजनिक गरिएको हो। गायक निरौलाको यसअघि सार्वजनिक ४० बर्ष अघिको कथामा बनाइएको ‘काजिको घोडा’ गीतलाई स्रोता दर्शकले अत्त्याधिक मन पराएका थिए।
मनोरञ्जनका साथसाथै दर्शक स्रोतालाई सन्देस पनि दिने उदेश्यले निकै मेहनत गरिएको बताउने निरौलाको दर्शक स्रोताले गीतलाई मन पराउने विश्वास रहेको छ ।