इनास अष्ट्रेलियाको चौथो अध्यक्षमा मनोज अधिकारी

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलियाको गत बुधबार सम्पन्न बैठकले चलचित्रकर्मी मनोज अधिकारीलाई चौथो अध्यक्षका रूपमा सर्वसम्मत चयन गरेको छ । अधिकारी इनास अष्ट्रेलियाको निवर्तमान समितीमा बरिष्ठ उपाध्यक्ष रहेका थिए । अष्ट्रेलियामा रहेका अधिकारी सन २०१० देखी निरन्तर रुपमा नेपाली चलचित्रको प्रवर्दनमा सक्रिय छन । ऋतु, पर्पला लगायतका नेपाली चलचित्रमा निर्देशन गरेका अधिकारीले ‘गर्ल एडिक्टेड’ नामको हलिवुड चलचित्रसमेत निर्देशन गरेका छन । दोख, सुनकेसरीलगायतका चलचित्र निर्माण समेत गरेका अधिकारी अष्ट्रेलियामा चलचित्र, म्युजिक भिंडियों, छोटा चलचित्र निर्माण, कार्यक्रम आयोजनालगायमा ब्यस्त हुने गरेका छन ।

इनासका ग्लोवल प्रवक्ता एवं इनास अष्ट्रेलियाका संस्थापक अध्यक्ष रामकृष्ण निरौलाले समन्वय गरेको जुम बैठकमा ग्लोवल समितिका प्रतिनिधिहरू समेतको सहभागीता रहेको थियो । बैठकमा ग्लोवल संरक्षण एवं पूर्व अध्यक्ष कमला दाहाल, ग्लोवल बरिष्ठ उपाध्यक्ष रामचन्द्र थापा, एसिया प्रशान्त क्षेत्रीय संयोजक शुशिल चालिसे, इनास अष्ट्रेलियाका पूर्व अध्यक्ष इश्वर पोखरेल, इनास अष्ट्रेलियाका निवर्तमान अध्यक्ष विकास शर्मा पोखरेल, इनास अष्ट्रेलिया उपाध्यक्ष मिलन दाहाललगायतले इनास अष्ट्रेलियाले बिगतमा गरेका काम र भाबि कार्यदिशाबारे आफ्ना धारणा राखेका थिए ।

बैठकमा हालसालै स्वर्गारोहण हुनुभएकी इनास ग्लोवल अध्यक्ष पुष्प बरुवालकी ममतामयी आमा नरमाया बरुवालको आत्माको शान्तिको कामना गर्दै १ मिनेट मौन धारणसमेत गरिएको थियो । बरुवालको १ जनवरी २०२२ का दिन नेपालस्थित उहाकै निवासमा निधन भएको थियो ।

Advertisements

Leave a Reply